चमेली फूल

Jasmine-Flower-

चीनमा चमेली फूल (ज्यासमिन) प्रतिबन्धित छ। यो फूलमात्र होइन, यससंग जोडिका हरेक चीज चीनमा प्रतिबन्धित छ। सन् २०११ मा ट्युनेशियामा भएको ‘ज्यासमिन रिभोलुसन’ पश्चात यो फूलसंग जोडिएको हरेज चीजमा प्रतिबन्ध लगाएको थियो। त्यहाँ यो फूलको बोट रोप्न पाइदैन। यो फूलको नाम लिएर कुनै गित गाउँदा पनि कारवाहीमा परिन्छ।

एलाइस इन वन्डरल्याण्ड

alice_in_wonderland17यो कथा लेविस क्यारलले लेखेका थिए, जुनको किताब पनि प्रकाशित भइसकेको छ। साथै यसको टिभी सिरियल पनि बनेको थियो। तर सन् १९३१ देखि यो चीनमा प्रतिबन्ध छ। चीन सरकारलाई जनावर मानिस जस्तै कुराकानी गर्ने कथा मन नपरेको बताइन्छ। चीन सरकारको मान्यता छ कि यसरी जनावार र मानिससंगै कुराकानी गरेको देखाउनु जनावरलाई पनि मानिसकै बराबर दर्जा दिएको जस्तो हुन्छ।

 

अवतार (हलिउड फिल्म)

avatar-cover

सन् २०१० मा रिलिज भएको फिल्म अवतारले विश्वमै सबैभन्दा अधिक कमाइको रेकर्ड बनाएको थियो। चीनमा पनि यो प्रदर्शन हुदै थियो। २ हप्ता पछि यसलाई अचानक प्रतिबन्ध लगाइयो, अनि चीनमा अवतारले रेकर्ड कायम गर्न पाएन। वास्तवमा यो हलिउड फिल्मले चीनमा त्यहाँका फिल्म भन्दा बढी चर्चा र कमाइ गर्दैथियो। यो फिल्मको 2D भर्जनमात्र प्रतिबन्ध गरिएको थियो, 3Dमा भने फिल्म प्रतिबन्धित थिएन।

 

सेनासंग सम्बन्धित व्यक्तिलाई इन्टरनेट

internet-logo

चीनमा सेनासंग सम्बन्धित व्यक्तिले इन्टरनेट प्रयोग गर्न पाउदैनन्। सेनाबाट गुप्त जानकारी बाहिर आउने भएकाले यस्तो प्रतिबन्ध लगाइएको हो।

जुवा

casino picधेरै देशमा जुवा खेल्ने छुट्टै ठाउँको व्यवस्था गरिएको छ। सिमित ठाउँमा मात्र खेल्न दिइने जुवा चीनमा भने देशैभर प्रतिबन्ध छ। सन् १९४९ मा लगाइएको यो प्रतिबन्ध अहिलेसम्म कायम छ। चीनमा क्यासीनो पनि खोल्न पाइदैन। जसलाई यस्तो खेलमा रुची छ, चीनियाँ सरकारले चलाउने लोट्रीको कार्यक्रममा भाग लिन गर्छन्।