bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” को तयारी अन्तिम चरणमा

pokhariya Holi Notice

 वीरगंज ।  मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा यहि बैशाख ६ गते देखी वीरगंजको बहुअरीमा “प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन” गर्ने भएको छ । सम्मेलन स्थलमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलन संयोजक अजिजुर्रहमान तुरबत मदनीले बैशाख ६,७ र ८ गते तीन दिने सम्मेलनको आयोजना गर्ने र सम्मेलनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिनु भयो । यस सम्मेलनको उदघाटन शत्रमा प्रमुख अतिथिको रुपमा प्रधानमन्त्री केपी शर्मा ओली, विशिष्ट अतिथि प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गदी, नेपाल मुस्लिम आयोगका अध्यक्ष समिम अंसारी, मुस्लिम वल्ड लिगका शेख शाद साउद अल्लहारसी, भारतबाट मौलाना खुर्सिद अहमद मदनी, बंगलादेशबाट प्रो. सहादुल ईस्लाम, श्रीलंकाबाट महम्मद मुम्ताज, युकेबाट जफरुल हसन लगायतको सहभागीता हुने बताउनु भयो ।

सो सम्मेलनमा नेपालका ७७ वटै जिल्ला एवं भारत, बंगलादेश, साउदी अरब, कोयत, दुबई तथा अन्य देशहरुबाट गरी करिब एक लाख भन्दा बढिको सहभागीता हुने बताउदै अजिजुर्रहमान तुरबत मदनीले सो सम्मेलमा करिब ४० लाख खर्च हुने बताउनु भयो । नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीको व्यवस्थापनमा हुन गईरहेको सो सम्मेलनमा देश–विदेशका प्रसिद्ध विद्धानहरू, इस्लाम तथा विभिन्न धर्मका प्रवचकहरू, राजनितिज्ञ, समाजसेवी, बुद्धिजिबी, पदाधिकारिहरू तथा लेखक र इस्लामि कविहरू को उपस्थिति हुने जनाईएको छ ।

पत्रकार सम्मेलनमा मौलाना महम्मद हारुन सलफीले इस्वी सम्व १९८९ मास्थापना भएको संस्था “मरकजी जमियते अहले हदीस नेपाल“ स्थापनाकाल देखि नै आफ्नो उद्देश्य र लक्ष्य प्रति सफलता प्राप्त गर्न निरन्तर प्रयासरत रहदै आएको छ, जसमा बिभिन्न समयमा प्रशिक्षक तथा इमाम हररूको नियुक्ति, इस्लामि धार्मिक किताब हरूको प्रकाशन तथा वितरण, नेपालि भाषामा कुरआनको अनुवाद र “किङ्ग फहद कुरआन प्रन्टिङ कम्प्लेकस” बाट त्यसको प्रकाशन तथा वितरण, संस्था कार्यालयाको निम्ति भवनको खरिदारि र २०१८ मा “इस्लाम दयाको धर्म“ विषय अन्तर्गत भएको कार्यक्रम उल्लेखनिय छ ।

सम्मेलनको लागि वीरगंज महानगरपालिकाले शौचाल्य तथा खानेपानीको व्यवस्थापनमा सहयोग गरेको, आफ्नो खेतमा अन्नबाली नलगाइ जग्गा उपलब्ध गराई सहयोग गर्ने सानो पिपरा, ठुलो पिपरा, नयाँ बस्ती, राधेमाई र बहुअरीका स्थानियबासीहरु, श्रमदान गर्ने सम्मपूर्णमा धन्यबाद ज्ञापन गर्नु भएको थियो । नेपाल मुस्लिम रिलिफ सोसाईटी बहुअरीका अध्यक्ष खालिद अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा शम्सेद अख्तर, समाजसेवी अबुलखैर अंसारी लगायत स्थानियबासीहरुको सहभागीताका रहेको थियो । कार्यक्रमको सञ्चालन सम्मेलनका मिडिया संयाजक एसएम जहाँगस्तले गर्नु भएको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer