bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हजगर्ने हाजी माथि अन्याय भए कडा आन्दोलन : राज खान

pokhariya Holi Notice

बारा ।।  मुस्लिम धर्मावलम्बीहरुको प्रमुख तीर्थस्थलका रुपमा परिचित साउदीको मक्का मदिनामा हज गर्न जाने हाजीहरुको लागि हवाई टिकट र घरभाडामा लिने क्रममा ३ करोड रुपैयाँ घोटाला भएको छ । हज कमिटीका अध्यक्ष समशेर मियाँ र पूर्व राज्मन्त्री जाकिर हुसेनले १२ सय हजयात्रीका लागि टिकट खरिदमा हिना ट्राभल्सबाट टिकट खरिदमा १ करोड रुपैयाँ कमिसन खाएको आरोप छ ।

साउदीको मक्का र मदिनामा हजयात्री राख्नका लागि घरभाडामा लिने क्रममा घर मिलाउने मसुद अलीसाग ७ लाख साउदी रियाल घुस मागेको सूचना हज कमिटीका सदस्यहरुसम्म पुगेको छ । मसुद अलीले प्रत्येक हाजीसँग १७ सय रियाल लिंदा आफूलाई ५० रियालमात्र फाइदा हुने भएकाले ७ लाख रियाल घुस दिन नसक्ने बताएका थिए । उनले प्रतिहजयात्री २ हजार रुपैयाँ दिने हो भने केही कमिसन दिन सकिने तर ७ लाख रियाल अर्थात् नेपाली २ करोड १५ लाख दिन नसकिने बताए । उनले हज कमिटीका अध्यक्ष मियाँ र जाकिर हुसेनलाई हजयात्रीले कमिसन लिएको थाहा पाए कसैलाई पनि राम्रो नहुने कुरामा सचेत गराउँदा पनि उनीहरुले कमिसनको मोलमोलाई छाडेनन् ।

हाजीहरुलाई ३५ दिनका लागि मक्का र १० दिन मदिना गरी ४५ दिनको प्रतिब्यक्ति १७ सय रियालमा पाउँदा पाउँदै मागे जति घुस नपाएपछि उनीहरु मदिना युनिभर्सिटीमा पढ्ने इशहाक नामक बिचौलिया मार्फत् घर मिलाएर कमिसन खाने दाउमा छन् । हज कमिटीको कुनै पनि पदमा नभएका जाकिर हुसेन, शमशेर मिया र गृहमन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीको टोली १२ दिन साउदीमा बसी फर्किएको थियो । फर्किनासाथ हज कमिटीका सदस्यसचिव समेत रहेका उपसचिव खत्रीलाई पनि नलिई घरभाडामा घुसको बार्गेनिङ गर्न शमशेर मिया र जाकिर हुसेन २ दिनअघि पुनः साउदीअरब पुगेका छन्।

Simraungadh Holi Notice

साउदी दूताबासमा कार्यरत अबुल कलामका भाइ इशहाकको साउदीमा राम्रो छवि छैन । भैरहवा र कृष्णनगर भन्सारबाट तस्करी गरी अथाह सम्पत्ति कमाएका समशेर मियाँले करोड भन्दा बढी खर्चेर हज कमिटीको अध्यक्षमा नियुक्त भएका थिए । मन्त्रिपरिषदले मात्र हज कमिटीको अध्यक्ष नियुक्त गर्ने प्रचलन तोडी गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्त गरेका थिए । हज कमिटीमा तस्करलाई नियुक्त गरिएकोमा गृहमन्त्री थापा आलोचित समेत भएका थिए । अहिले उनले कमिसन उठन्ती गर्न पूर्वराज्यमन्त्री ह्ुसेनलाई पटकपटक साउदीमा लिएर गएका छन् ।

दृष्टि मिडिया (प्रा।) लि।, बाट प्रकाशित समाचारका बारेमा मुस्लिम युवा मंच का केन्द्रिय अध्यक्ष राज खान संग बुझदा खानले गम्भीर ध्यानाकर्षण गर्दै घोर निन्दा गरेका हुन् । पटकपटकको यस्तो घोटाला ले पार्टी एवं मुस्लिम समुदायमा असाध्यै नराम्रो प्रभाव पर्ने भएकोले खानेल यस्ता किसिमका व्यक्ति मुश्लिम नै नरहेको बताए । मुस्लिम समुदाय मा कसैको बेफजुल रकम खानु भनेको हराम हुने गर्दछ अर्थात गुनाह हुन्छ ।

मुस्लिम समुदायमा ब्याजमा पनि रकम दिने लिने चलन नरहेको तर यिनी हरु हाजी हरुको पैसा सिधै बिना कुनै आइटमा खाएकोले मुश्लिम समुदायको नाक नै काट्ने कार्य गरेकोले हज गर्ने हाजी हरुको रकमी चलखेल बारेमा गम्भीर भएर अगाडी बढ्न आग्रह गर्दै आफ्नो कदम न सच्याइयो भने आन्दोलनको चेतावनी समेत दिएका हुन। मुस्लिम युवा मंचले पार्टी हेडक्वाटरमा छानबिन का लागि अगाडी बढि रहेको बताए । आउदो हप्ता भित्र नै पार्टी कार्यालय मा यस्ता व्यक्ति हरु प्रति कार्यवाहीको प्रक्रियामा जान पनि पार्टी लाइ ध्यानाकर्षण गराउने बताए। पार्टीले कुनै किसिमको बारेमा आनाकानी गरे भने आन्दोलन गर्ने चेतावनी समेत दिएका हुन्।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.