bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गणेश मन्दिर सामुदायिक भवनको शिलान्यास

pokhariya Holi Notice

विराटनगर ।  विराटनगर महानगर पालिका वडा नं. ८ प्रगती विनायक टोलमा रहेको गणेश मन्दिरको प्रांगनमा आज एका कार्यक्रमको आयोजना गरी गणेश मन्दिर सामुदायिक भवनको शिलान्यास गरिएको छ ।

उक्त भवनको शिलान्यास क्रार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरेको हातवाट भएको छ । सो शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रीले भने ‘हाम्रो घर आगन दश धुर÷पांच धुर जग्गामा’ सिमिति भएको छ केही सामाजिक कार्यकालागि सामुदायिक भवनको आवश्यकता भएकोले सांसदीय विकास कोषवाट १५ लाख सहयोग गरेका छु । यो भवनको काम समय मै पुरा होस र भवनको काम राम्रो भयो भएन त्यसको अनुगमन गर्ने तपाईहरु नै भएको ले त्यस तर्फ ध्यान दिन आवश्यक भएको वताए ।

गणेश मन्दिरको नाउंमा केदार प्रसाद कोईरालाले ४ कट्ठा ७ धुर जग्गा प्रदान गरिएको छ । सो जग्गामा गणेश मन्दिरको भव्य मन्दिर बनिसेको छ भने कारीव १ सय जना आट्ने सामुदायिक भवन समेत बनिसकेको अवस्था छ । त्यसैमै जोडिएर अव ३ सय जना आट्ने सामुदायिक भवनको आज शिलान्यास भएको छ । गणेश मन्दिर तथा सामुदायिक भवन टोलवासीको सहयोग, देउसी भैलोवाट संकलन रकम, सहयोगी दाताहरुको सहयोग र केही सांसदिय विकासको रकम सांसदहरुको सहयोगले गणेश मन्दिर निर्माण भएको छ । सो मन्दिरको संरक्षकमा राजेश कोईराला रहनु भएको छ । सो कार्यक्रममा प्रगति विनायक टोलका अध्यक्ष माधव ढुंगेल लगायत टोलवासीको उपस्थिति रहेको थियो ।

गणेश मन्दिरकै प्रांगणमा सहमति बचत तथा ऋण सहकारी संस्था समेत संचालनमा रहेको छ । मन्दिर समितिले वनाएको एउटा व्यापारी प्रयोजनको घरवाट महिनाको १५ हजार आन्दानी र सहकारीवाट २ हजार भाडा गरी मासिक १७ हजारको आन्दानी रहेको जानकारी गराउंदै भवन निर्माण समितिका अध्यक्ष राजेन्द्र कुमार थापाले कार्यक्रम सम्पन्न भएको घोषणा गरेका थिए । प्रगती विनायक टोल विराटनगर महानगर पालिका वडा नं. ८ को श्री गणेश मन्दिर रहेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer