bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपालले हङकङलाई चार विकेटले हरायो

pokhariya Holi Notice

काठमाण्डौ //  आइतबार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हरायो । आइसीसी महिला टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो जित निकालेको छ । व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन् । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो । नेपालका लागि नेरी थापाले सर्वाधिक ६ विकेट लिन सफल भइन् । 

 आजको खेलमा नेरीले नेपालले लिएका शुरुआतका ६ वटै विकेट लिएकी हुन् । बाँकी २ विकेट सिता रानामगरले लिइन् । योसँगै नेपालबाट टी–२० क्रिकेटमा ५ भन्दा बढी विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन् । यसअघिको प्रतियोगितामा ४ विकेट लिएकी थिइन् ।

बेलालाई ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन । नेरीले पहिलो विकेट हङकङले २३ रन बनाएका बेला बेला पोनलाई आउट गरिन् । तेस्रो विकेटको रुपमा नेरीले हङकङका लागि १६ रन बनाइएकी यस्मिन दसवानीलाई आउट गरिन् । यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा नेरीले यी सान टुलाई खातानै खोल्न नदिई पेभेलियन पठाउन सफल भइन् । 

राम्रो सुरुआत गरेको हङकङ ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो । चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गर्न सफल भइन् । पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरिन् ।

Simraungadh Holi Notice

योसँगै नेरी नेपालबाट टी–२० क्रिकेटमा पाँच विकेट लिने पहिलो क्रिकेट खेलाडी बन्न पनि सफल भइन् । यतिमा नेरीको विकेट लिने यात्रा  रोकिएन । उनले छैटौं बिकेट पनि लिन सफल भइन् । उनले जस्मिन टिटमसलाई छैटौं विकेटको रुपमा सिकार गरेकी थिइन् । नेरीले स्पेल सक्दा ३६ रन बनाएको हङकङले पछि २६ रन थपेको थियो । सातौं विकेटको रुपमा सिता राना मगरले १९ रन बनाएकी मरिनालाई आउट गरेकी थिइन् ।

आठौ विकेट अन्तिम ओभरको अन्तिम बलमा जेनिफर डेभिइसलाई हङकङले गुमाएको थियो । उक्त विकेट पनि सिताले लिन सफल भइन् । जवाफमा नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा अप्सरा बेगमले २४ तथा सरिता मगरले अविजीत रन बनाइन । त्यसो त नेपालले सुरुवात राम्रो गर्न सकेन । ५ रनमा पहिलो विकेट गुमाएको नेपालले ६ रनमा दोस्रो विकेट खेर फाल्यो ।

त्यसपछि १७ रनमा तेस्रो विकेट झरेको नेपालको स्कोरबोर्डमा २४ रन हुँदा चौथो विकेट गुमेको थियो । त्यसपछि ५६ रन हुँदा नेपालले पाँचौ विकेट गुमाएको नेपालको स्कोर ५९ रन हुँदा ६ विकेट गुम्यो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.