bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

फोरम नेपालको प्रदेश नं. १ को अधिवेशन विराटनगरमा

pokhariya Holi Notice

विराटनगर । संधीय समाजवादी फोरम नेपालको प्रदेश नं. १ को प्रथम एतिहासिक महाधिवेशन (एकताको राष्ट्रिय अधिवेशन) औद्योगिक नगरि विराटनगरमा हुने भएको छ ।
संङ्घीय समाजवादी फोरम, नेपाल प्रदेश नं. १ तदर्थ समितिले नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ को महाधिवेश बैशाख १५ र १६ गते विराटनगरमा हुने कुरा मोरंग जिल्ला अध्यक्ष राजकुमार यादवले जानकारी गराएका थिए ।
फोरम नेपालले सदन र सडक संधर्षका सवै मोर्चावाट संविधान संशोधनको आफ्नो मागलाई शसक्त ढंगवाट उठाई संविधान संशोधनको विषयलाई पनि महत्व पुर्ण विषय वनाउने भएको छ ।
२०६२÷०६३ सालको जनआन्दोलन मार्फत गणतन्त्र, संघीयता धर्मनिरपेक्षता, समानुपाति समावेशीकरण जस्ता राजनैतिक विषयलाई स्थापित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रदेश नं. १ का १४ वटा जिल्ला र १ सय ३७ स्थानीय तहवाट ५ सय १६ जना प्रतिनिधीहरुको सहभागिता हुने भएको छ ।
प्रदेश नं. १ लाई संगठित र शसक्त वनाउनको लागि आवश्यक सांगठनीक योजना र कार्यक्रम पनि सो अधिवेशनमा तय गर्ने भएको छ । सो अधिवेशनमा अनुमानित १४ लाख खर्च हुने भएको छ । अधिवेशनमा सहभागी प्रतिनिधीहरुलाई प्रवेश शुल्क १ हजार लाग्ने भएको ले सोवापत ५ लाख उठ्ने र वांकी रकम शुभचिन्तकहरुवाट सहयोगवाट संकलन गर्ने भएको छ ।
पत्रकारहरुको एक प्रश्नको जवाफ दिदै तदर्थ समितिका अध्यक्ष भुपेन्द्र नेम्वाङ(लिम्वु)ले भने फोरम नेपालको माग अहिले पनि प्रदेशको संख्या १० प्लस १ भएको र त्यसमा एक मधेश प्रदेशको कुनै पनि सम्भावना नरहेको वताए ।
सो पत्रकार संम्मेलनमा फोरम नेपालका केन्द्रिय सदस्य भूराज राई, राजनीतिक विभागका राम विलास यादव संघिय प्रेस फोरम मोरंगको अध्यक्ष मुकेश कुमार यादवको समेत उपस्थिति रहेको थियो ।
संङ्घीय समाजवादी फोरम, नेपालको ‘विभेद रहित समावेशी लोकतन्त्र, पहिचान सहितको संङ्घीय गणतन्त्र’ भन्ने नाराका साथ केन्द्रिय महाधिवेश प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा २८, २९ र ३० गते हुने भएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer