bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

रेडक्रसको निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलासा

pokhariya Holi Notice

वीरगन्ज ।।  नेपाल रेडक्रस सोसाइटी पर्सा शाखामा निर्वाचन विधि र प्रकृया मिचेर अपादर्शी रुपमा भएको खुलाशा भएको छ । गत बैशाख १६ गते पर्सा शाखाको कार्य समिति बिरेन्द्र राज कंडेको सभापतित्वमा १७ सदस्यि निर्बिरोध निर्वाचित भएको भनिए त्यसो नभएको खुलेको हो ।

कार्य समिति चयन भएको भोली पल्ट नै कार्य समिति सदस्य बृजकिशोर पटेलले पदबाट राजिनामा दिदै विधि र प्रकृया मिचेर कार्य समितिको निर्वाचन गरिएको वताएका थिए । नव निर्वाचत कार्य समिति मध्ये कै पटेल राजिनामा दिदै निर्वाचनमा भएको अमर्यादित कार्यप्रकृया तथा अपारदर्शी गतिविधि प्रति घोर भर्तशना समेत गरेका हुन ।

जिल्लामा रेडक्रसको २१ ओटा उपशाखा र १३१ जना मतदाता रहेकोमा निर्वाचन प्रकृया तथा यर्थात कार्यविधि सहितको कुनै उपशाखामा जानकारी नगराई निर्वाचन गरिएको आरोप पनि उनले लगाएका छन ।

मानव सेवाको क्षेत्रमा विश्वजगतमा छुटै पहिचान बनाएका नेपाल रेडक्रस सोसाइटि पर्सामा राजनीति, गुटबन्दी र परिवारवाद हावी भएको रेडक्रस निकट कै व्यक्तिहरु आरोप लगाउन थालेका छन । रेडक्रसको आन्तरिक कलहले रेडक्रस कर्मी, आजीवन सदस्य, सभासद लगायतले सार्वजनिक रुपम मै चयन कार्य समति प्रति असन्तुष्टि व्यक्त समेत गरेका छन ।

यसका साथै सामाजिक संजालमा पनि यसको टिकाटिप्पणी, बिरोध र राजिनामा समेत हुन थाल्नुले रेडक्रस पर्साको गरिमामा आंच आउन सक्ने रडक्रस कर्मीले चिन्ता व्यक्त गरेका छन ।

निवर्तमान रेडक्रस पर्साका सभापति फुलमहमद मियाँ प्रदेश नं. २ को सभापति भए पछि पर्साको सभापति पद उनलाई छोडनु परेको थियो । मियाँले पर्सा सभापतिको पद छाडे पछि भएको नयाँ कार्य समितिको चयनमा छोरा साविर अहमद अराजलाई उप मन्त्री वनाए पछि झन टिकाटिपणी र विवाद सुरु भएको जानकारहरु वताउँछन ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer