bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

वन्दले विहानै देखि विराटनगर प्रभावित

pokhariya Holi Notice

विराटनगर । नेपाल सरकारले विराटनगरलाई अस्थायी राजधानी तोके पनि स्थायी राजधानी अन्यत्र सार्ने राजनीतिक चलखेललेको विरोध गर्दै विराटनगर वासीले सस्फुर्त रुपमा सडक देखि शिक्षण संस्था लगायत विराटनरको संम्पुर्ण कार्यालयहरु वन्द भएको छ ।
विराटनगर इटहरी सडकमा कन्चनवारी, बरगाछी, भट्टी मोड, रोड शेष चौकहरुमा यूवाहरु जम्मा भई सडक अवरुद्ध गरेका छन् । विराटनगरवाट चल्ने लामो तथा छोटो दुरीका सवारी साधनहरु समेत वन्द रहेको छ ।
बिराटनगरलाई प्रदेश नम्बर १ को राजधानी घोषणा गर्न र सबै कार्यालय बिराटनगर मै राख्न बन्द आवहान गरिएको छ ।
विराटनगरलाई स्थायी राजधानी बनाउ शान्तिपुर्ण दवाव समितिको पहिलो आन्दोलन नै बिराटनगर बन्दको पक्षमा देखिएको छ । प्राध्यापक डाक्टर भेषप्रसाद धमला संयोजक रहेको र महेश रेग्मी, नागेश कोईराला, मोदराज घिमिरे, राजकुमार यादव र मोहम्मद कादिर सह संयोजक रहेको समितिले बन्दको आब्हान गरेको हो ।
समितिले जारी गरेको बिज्ञप्तीमा बिराटनगरलाई स्थायी राजधानी बनाई सबै संरचना बिराटनगरमा नै हुनु पर्ने उल्लेख गरिएको छ
प्रदेश १ को स्थायी राजधानी विराटनगर वा धनकुटालाई तोक्न प्रदेशसभामा चारवटा प्रस्ताव दर्ताका भएको छ ।
नेकपाले विराटनगर स्थायी राजधानी, कार्यपालिका व्यवस्थापिकालगायत अन्य संरचना बृहत विराट क्षेत्र अन्तर्गत विराटनगर, इटहरी र सुन्दरहैंचा क्षेत्र आसपासमा रहनेछ भन्ने व्योहरासहितको प्रस्ताव दर्ता गरेको छ ।
बृहत विराट क्षेत्र विधेयक नै विराटनगरलाई राजधानी हुन नदिने ठग्ने तरीकावाट ल्याएको नागरिक समाजको ठम्याई छ ।
विराटनरवाट कुनै पनि हालतमा राजधानी सार्ने नदिने र राजधानीको लागि चाहिने ५० विगहा जग्गा दिने विराटनगर महानगर पालिकाले पहिले नै घोषणा गरी सकेको छ । हिजोको सर्व पक्षिय भेलाले विराटनगरलाई वन्द गर्ने घोषणा गरेको थियो ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.