bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

शैक्षिक परामर्शदाता संस्थाहरुको भीडमा प्रेसिडेन्सियल; सबैको विश्वास जित्दै

pokhariya Holi Notice

विराटनगर, जेठ १ ।
विभिन्न निजी शैक्षिक परामर्शदाता संस्थाहरुले ठगी गरी विद्यार्थीहरुलाई उच्च शिक्षाकाे लाेभ लालचमा विदेश पठाएकाे भनी हामी बेलाबखत विभिन्न सञ्चार माध्यममा सुन्दै र हेर्दै अाएका छौं । कुरा गर्ने हाे भने ठगी गर्ने ती शैक्षिक परामर्श संस्थाहरुकाे लामाे विवरण नै प्राप्त गर्न सकिन्छ । तर त्यस्ता परामर्शदाता संस्थाहरुको कारणले अरु परामर्शदाता संस्थाहरुमाथी विश्वासै गर्न सकिँदैन भन्ने पनि छैन । बजारमा अरुपनि थुप्रै गुणस्तरीय शिक्षा र सेवा दिने कन्सल्टेन्सीहरु छन ।

यस्तै विभिन्न शैक्षिक परामर्शदाता संंस्थाहरुकाे भीडमा प्रेसिडेन्सियल इन्टरनेशनल एकेडेमिक फाउन्डेसनले अाफ्नो छुट्टै पहिचान बनाएकाे छ । वि.संं. २०६९ सालमा काठमाण्डाैंकाे पुतलीसडकमा स्थापना भई हाल वि.सं. २०७२ सालदेखि विराटनगरकाे संंसारीमाइ स्थानमा संंचालनमा रहेकाे उक्त शैक्षिक परामर्शदाता संंस्थाले थुप्रै जनालाई पढनका लागी विदेश पठाउन सफल भई सबैकाे विश्वास जितिरहेकाेे छ । उक्त फाउन्डेसनले विद्यार्थीहरुलाइ उच्च शिक्षाका लागी खासगरी अमेरिका, अष्ट्रेलिया र जापान पठाउने गर्दछ ।

विद्यार्थीहरु पनि खासगरी अकाउन्ट, अाइ टी, नर्सिङ, चाइल्डकेयर, हस्पिटालिटी तथा बिजनेस पढनका लागी अष्ट्रेलिया, अाइ टी, बिजनेस एडमिनस्ट्रेशन तथा बायाेलाेजी पढनका लागी अमेरिका र अकाउण्ट, इकाेनाेमिक्स तथा अाइ टी पढ्नका लागी जापान जान रुचाएकाे विराटनगर शाखाका व्यवस्थापक सन्ताेष अधिकारीकाे भनाइ छ ।विदेश गएर पढनका लागी कम्तीमा १२ कक्षा उतीर्ण गरेकाे र अंग्रेजी भाषाकाे राम्राे ज्ञान भएकाे हुनुपर्दछ । अाजका विद्यार्थीहरुलाई बजारमा गुणस्तरीय परामर्शदाताकाे कमी भएकाेले विद्यार्थीहरुलाई अाफ्नो करियर छनाैटमा निकै चुनाैती रहेकाे अधिकारीले बताए ।

हामीले अहिले अष्ट्रेलियाका ४३ वटा विश्वविद्यालयहरुमध्ये त्यहाँका सर्वोत्कृष्ट ५ विश्वविद्यालयहरुमा विद्यार्थीहरु पठाउने गरेका छाैं । अहिले हामीले नेपालका मुख्य चार शहर काठमाडाैं, विराटनगर, पाेखरा र चितवनमा अाफ्नो सेवा दिँदै अाईरहेका छाैं र चाँडै नै नेपाल बाहिर पनि अाफ्नो सेवा विस्तार गर्ने साेचमा छाैं, बजार व्यवस्थापक प्रमुख कमल पाेख्रेलले भने ।

फाउन्डेशनकका संचालक आशिष् गिरी भन्छन “हामी इन्स्टिच्युुट हाेइनाैं, हामी कन्सलट्यान्ट हाैं, हामी गुुणस्तरीय शिक्षामा भराेसा गर्छौं ।”

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer