bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गए पत्रकार

pokhariya Holi Notice

उषा सरदार ।
विराटनगर, जेठ १ ।
नेपाल सरकार मन्त्री परिषदबाट पारित भई २०७६ बैशाख २६ गते संसदमा दर्ता भएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका प्रावधानहरुप्रति विरोध जनाउँदै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको घोषणा बमोजिम मोरङका पत्रकारहरुले आज हातमा कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गएका छन ।

उक्त विधेयकमा पत्रकारलाई दण्ड र जरिवाना दिने कुराले मीडियामाथी अङकुस लगाउने कार्य भएको हुँदा उक्त विद्येयकप्रती गम्भीर ध्यानाकर्षण गर्दै महासंघ केन्द्रिय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयका पत्रकारहरु मार्फत कालो पट्टि बाँधेर कार्यक्षेत्रमा गई विरोध जनाईएको हो । नेपाल पत्रकार महासंघका एक पत्रकार भन्छन, ”हामी जिम्मेवारीपुर्ण पत्रकारिता गर्न सचेत र सक्षम छौ, त्यसको लागि विद्येयक नै ल्याउनु पर्दैन ।”

Simraungadh Holi Notice

नेपाल पत्रकार महासंघ मोरङ्ग शाखाका अध्यक्ष बन्धु पोख्रेलका अनुसार पत्रकारले कसैको मान, मर्यादा र प्रतिष्ठामा असर पुर्‍याउने खालको समाचार प्रकाशन गरे गराएमा वा त्यस किसिमको उजुरी परेमा २५ हजारदेखि १० लाखसम्मको जरिवाना र १५ बर्षसम्म कैद सजाय हुनसक्ने विद्येयक बनेको र राज्यपक्षको निकायहरुले पत्रकारलाई तह लगाउनुपर्छ भन्ने सोच राखेकाले हामी आफैपनी सच्याएर जानुका साथै एकबद्ध भएर यो अभियानमा लाग्नुपर्ने बताए ।

पोख्रेलले जेठ ३ गते काठमाडौंमा संसद भवन अगाडि र जिल्लाका सदरमुकामहरुमा सञ्चार साधनसहित बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण पत्रकारहरुलाई उक्त कार्यक्रममा सहभागी भईदिनुहुन पनि आग्रह गरे ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.