bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

१ नम्बर प्रदेशमा २०५ नाल हतियार संकलन

pokhariya Holi Notice

विराटनगर । नेपाल सरकारले गरेको निर्णय अनुसार प्रदेश नं. १ का जिल्लाहरुवाट २ सय ५ थान नाल हतियार संकलन गरेको छ ।
नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १ सय ३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका छन् । ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हतियारहरु रहेका छन् ।
नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुसंग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो । सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् ।
संकलन गरिएकोहातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् भने बाकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका छन् । संकलन गरिएका र अवैध रुपमा फेला परेका हातहतियार मध्ये सबैभन्दा बढी १६७ नाल भरुवा बन्दुक रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी एक नाले टोटा १३ नाल, म्यागनम १ नाल, २ नाले टोटा ४ नाल, जोरनाले बन्दुक ६ नाल, २ नाले ब्रिज लोडिङ १ नाल, एरगन १ नाल, सर्ट गन १ नाल, सानो चाईनिज पेस्तोल २ नाल र ९ थान नाल मात्र रहेका छन् ।
१ नम्बर प्रदेशमा सबै भन्दा बढी ताप्लेजुङ जिल्लामा हातहतियार संकलन भएको छ । ताप्लेजुङ जिल्लामा मात्र ३८ जनाले आफुसंग भएका लाईसेन्स प्राप्त हातहतियार बुझाएका छन् भने ७४ नाल हतियार वेवारीसे अवस्थामा फेला परेका छन् ।
प्रदेश नं. १ कै पा“चथरमा ३५ नाल, तेह्रथुममा २८ नाल, मोरङमा १५ नाल, ईलाममा ११ नाल र भोजपुरमा २ नाल हतियार संलकन भएका छन् ।
बैधानिक रुपमा हातहतियार राख्ने सर्वसाधारणले हरेक पा“च बर्षमा जिल्ला प्रशासन कार्यालयमा नविकरण गर्नुपर्ने प्रावधान रहेको छ । पा“च बर्षमा नविकरण नभएमा स्वत अबैध हुने प्रावधान रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.