bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

निशुल्क जेनेरल स्वास्थ्य शिविर कवहीगोठमा सम्पन्न

pokhariya Holi Notice

बारा ।। बारा जिल्लाको सुवर्ण गाउपालिका वडा न २ कवहीगोठमा निशुल्क जेनेरल स्वास्थ्य शिविर गरिएको छ । ग्रामिण भेगका बृद्ध एवं बिभिन्न युवा हरु लगायतका सहभागिता रहेको थियो । गरिब तथा असहाय हरुको लक्षित गरी कार्यक्रम गरिएको थियो । दृष्टि बिहिन हुनु भन्दा पहिला नै आफ्नो आँखा को उपचार गरे दुनिया संसार हेर्नु को साथै बुढेश कालमा केहि कुराको लागि अरुको भर नरोश भन्ने चेतना जगाउने उदेश्यले कार्यक्रम गरिएको छ ।

शिविरमा जेनेरल तर्फ १८२ जना तथा आँखा चेकजाच गर्दा ३६७जना मध्ये १४७ जनामा मोतियाबिन्द देखिएको छ । मोतियाबिन्द भएका हरुलाई ५०% प्रतिसत छुट मा अप्रेसन हुने एस आर पी होस्पितल व्यवस्थापक सतेन्द्र यादवले जनाएका हुन् । शिविरमा ५४९ जना लाभान्वित भएका हरुले असाध्यै खुसि भएका छन् । शिविरमा डा जितेन्द्र यादव, डा अभिशेख गुप्ता, स्त्री रोग विशेषग्य डा पुनम यादव लगायत का चिकित्सक बाट शिविर गरिएको थियो । निशुल्क जेनेरल स्वास्थ्य शिविरले समाजमा एक-आपसमा आपसी भाइचारा, सदभाव एवं सहयोग को भावना पनि जागृत हुने भएको समाजका बुजुर्ग हरुको भनाइ रहेको छ ।

एस आर पी होस्पिटलको कवहिगोठको प्राविधिक सहयोगमा उक्त निशुल्क शिविर भएको छ । एस आर पी होस्पितल व्यवस्थापक सतेन्द्र यादवको अध्यक्षता तथा पुर्व सांसद रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको छ । पुर्खौ देखि आफ्ना परिवारले गाँउसमाजमा सेवा गर्दै आईरहेको हुँदा आफुले पनि समाजमा सेवा स्वरुप उक्त शिविर संचालन गरिएको आयोजक यादवले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer