तराई मधेशमा भएको मानवीय र भौतिक क्षति प्रति महतो द्वारा दुःख व्यक्त

काठमाडौं चैत १८ l

आइतबार साँझ आएको भीषण हावाहुरी र असिना बाट प्रदेश न.२ का रौतहट, बारा र पर्सामा भएको ठुलो मानवीय र भौतिक क्षति प्रति राजपा नेपालका अध्यक्ष मंडलका सदस्य एवं धनुषा बाट निर्वाचित संघिय सांसद राजेन्द्र महतोले दुःख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत महतोले घाइते भएकाहरुलाई शिघ्रस्वास्थ्य लाभाको कामना गर्दै उद्दार तथा राहतको व्यवस्था तत्काल मिलाउन सरकारसँग पनि आग्रह गरेका छन् । साथै मृत्युवरण गर्नु हुने प्रती हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेका छन् ।

- Advertisement -

वर्षासँगै आएको हावाहुरीले बारा र  पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले  कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

Leave a Reply

%d bloggers like this: