bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला?

pokhariya Holi Notice
काठमाण्डौ // केहि समयअघि मात्र प्रदिप खड्काले अफूलाई अनमोलसँग काम गर्ने इच्छा रहेको बताएका थिए । उनले उक्त चलचित्रमा अनमोलको तर्फबाट २५ प्रतिशत र आफ्नो तर्फबाट २५ प्रतिशत शेयर समेत रहने र बाँकी ५० प्रतिशत भने चलचित्र निर्माताको तर्फबाट रहने बताएका थिए ।  नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयका टप ३ नायकको नाम छनोट गर्नु पर्यो भने धेरैले सहजै अनुमान लगाउन सक्छन्–अनमोल केसी, प्रदिप खड्का र पल शाह ।
Simraungadh Holi Notice

यी तिनै जनाले एकै चलचित्रमा अभिनय गरे भने कस्तो होला? यो जिज्ञासा धेरै चलचित्रकर्मी तथा दर्शकहरुमा पनि छ । 

 

प्रदिप खड्काले यस्तो प्रतिकृया दिएको केही दिनभित्रमा नै अभिनेता अनमोल केसीले पनि आफू प्रदिप खड्कासँग काम गर्न तयार रहेको बताएका थिए । यसै सन्दर्भमा अर्का अभिनेता पल शाहले पनि आफ्नो भनाइ व्यक्त गरेका छन् । उनले अनमोल र प्रदिपसँग काम गर्ने चाहना आफ्नो पनि रहेको बताएका हुन् । प्रदिप र अनमोलसँग काम गर्न पाए आफू जस्तोसुकै भूमिकाका निम्ति पनि तयार हुने पल शाहले प्रतिकृया दिएकाहुन् ।

‘मलाई एक पटक अनमोल र प्रदिपसँग एउटै चलचित्रमा काम गर्ने इच्छा छ । त्यसको लागि म भिलेन अथवा कुनै कमेडी पात्रका रुपमा भए पनि काम गर्न तयार हुने छु,’ पलशाहले भने । चलचित्र निर्माता तथा निर्देशकहरुले पनि यी तीन अभिनेताहरुलाई एउटै चलचित्रमा काम गराउने प्रयास नगरेका हैनन् । 

निर्माता रमेश त्वायनाले त अनमोल प्रदिप र पललाई लिएर हामी ३ भाइको सिक्वेल निर्माण गर्ने प्रतिकृया समेत दिएका थिए । 
यता पलशाहको प्रतिकृया जस्तै नेपाली दर्शकले पनि एक पटक यी तीन अभिनेतालाई एउटै चलचित्रमा देख्न भने चाहेका छन् । अब दर्शकको यो चाहना कहिले पूरा हन्छ, त्यो भने समयले बताउने छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.