दोश्रो दिनको खेलमा वीरगन्ज युनाइटेड र बेतिया विजयी

वीरगन्ज,२८ चैत/

वीरगन्जमा जारी दोश्रो वीरगन्ज च्यामपियने टिट्वान्टी लिग क्रिकेट प्रतियोगीता २०७५ मा आज पनि तिन वटा खेल भएको छ । आज भएको पहिलो खेलमा वीरगन्ज युनाइटेड क्लब वीरगन्ज जितेको छ । पहिलोे खेल पटना र वीरगन्ज बिच हुदाँ वीरगन्ज युनाइटेड क्लब वीरगन्जले पटनालाई १० रनले हराएको आयोजक क्लबका राजुल हवारीले जानकारी दिए । खेलमा म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका नसरुदिन अंसारी भएका थिए ।

नारायणी रंगशालामा जारी रहेको प्रतियोगीताको आजको दोश्रो खेलमा बेतियाले जितेको छ । दोस्रो खेलमा बेतिया र मकवानपुर बीच हुदाँ बेतियाले ७९ रनले जितेको हो ।खेलको म्यान अफ दि म्याच बेतियाका सकिबुल गनि भएका छन ।
यस्तै तेस्रो खेलमा युनाइटेड क्रीकेट क्लब वीरगन्जले जितेको छ । युनाइटेड क्रीकेट क्लब वीरगन्ज बिच जनकपुर भिडदा जनकपुरलाई वीरगन्जले ४ विकेटले हराएको आयोजक क्लबका राजुल हवारीले बताए । खेलमा म्यान अफ दि म्याच वीरगन्ज युनाइटेड क्लबका विवेक यादव भएका थिए ।

- Advertisement -

भोलिको पहिलो सेमिफाईनल खेलमा युनाइटेड क्रीकेट क्लब वीरगन्ज र बेतिया बिच हुनेछ भने दोश्रो सेमिफाईनलमा जितेको टोली संग नेपाल पुलिस र पटना भिड्ने छन । प्रतियोगीताको फाईनल खेल शनिबार हुने आयोजकले जनाएको छ ।

Leave a Reply

%d bloggers like this: