शनिबार हुने फाईनलमा नेपाल पुलिस क्लब संग बेतिया भिड्ने

वीरगन्ज,२९ चैत //  वीरगन्जमा जारी दोश्रो वीरगन्ज च्याम्पियन टिट्वान्टी लिग क्रिकेट प्रतियोगीता २०७५मा आज पनि दुई वटा सेमिपफाईनल खेल भएको छ । नारायणी रंगशालामा जारी रहेको प्रतियोगीताको पहिलो सेमिफाईनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई बिहारको बेतिया क्लब पराजित गरेको छ । बेतिया क्लबले वीरगन्ज युनाइटेड क्लबलाई २ विकेटले पराजित गर्दे फाईनलमा स्थान सुरक्षित बनाएको हो। खेलमा म्यान अफ दि म्याच बेतियाका फिजा सिंह घोषित भएका थिए ।

यस्तै आजको दोश्रो सेमिफाईनल खेलमा नेपाल पुलिस क्लब जितेको छ । नेपाल पुलिस क्लब संग जनकपुर चि हुदाँ जनकपुर लाई नेपाल पुलिस क्लबले ६० रनले पराजित गरेको आयोजक क्लबका राजुल हवारीले बताए ।खेलमा म्यान अफ दि म्याच नेपाल पुलिस क्लबका योगेन्द्र सिंह कार्की घोषित भएका थिए । भोलि शनिबार हुने फाईनल खेलमा बिहारको बेतिया क्लब संग नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्ने भएको छ ।

- Advertisement -

Leave a Reply

%d bloggers like this: