bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपाल फोटो पत्रकार महासंघ धनुषाको तदर्थ समिति गठन

उपाध्यक्षमा टिभी टुडेका क्यामराम्यान कुलदिप दास प्रेम

pokhariya Holi Notice

कुलदिप दास प्रेम,धनुषा//  नेपाल फोटो पत्रकार महासंघ धनुषाको मंगलबार तदर्थ समिति गठन गरिएको छ । नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा सम्पन्न भेलाबाट सर्वसम्मतिले कान्तिपुर टेलिभिजनका क्यामराम्यान वृषेश यादवको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रको प्रमुख आतिथ्य एवं नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय अध्यक्ष ध्रुव आलेको अध्यक्षतामा आयोजित बैठकमा जिल्लामा विभिन्न संचार संस्थामा आबद्ध भएर क्रियाशिल रुपमा काम गरिरहेका पत्रकारहरुको प्रतिनिधित्व हुने गरी तदर्थ समिति गठन गरिएको हो । यादवको संयोजकत्वमा गठन गरिएको तदर्थ समितिको उपाध्यक्षमा टिभी टुडेका क्यामराम्यान कुलदिप दास प्रेम,महिला उपाध्यक्षमा देश सञ्चारकी प्रतिभा झा,सचिवमा मिथिलाञ्चल एफ.एमका विजय झा,सह–सचिवमा जनकपुर टुडेका संवाददाता सुरेन्द्र सिंह तथा कोषाध्यक्षमा अप्पन टेलिभिजनका क्यामराम्यान संजय साहलाई सर्वसम्मत चयन गरिएको हो ।

त्यस्तै,सदस्यहरुमा माउन्टेल टेलिभिजनका क्यामराम्यान राजा झा,अप्पन टेलिभिजनका धिरज कर्ण,एपिवनका सत्रुधन यादव,टाईम्स टेलिभिजनका किशन साह र जनकपुर टाइम्सका चन्द्रदेव साह रहेका छन् । तदर्थ समितिको सल्लाहकारमा अनिल मिश्र,सुजित झा र बिरेन्द्र रमण रहेका छन । पछिल्लो समयमा व्यावसायिक रुपमा पत्रकारित गर्ने पत्रकारहरुलाई फोटो पत्रकारिताको माध्यमबाट पनि व्यावसायिक पत्रकारितामा थप टेवा पु¥याउदै जिल्लाका फोटो पत्रकारहरुलाई एकताबद्ध बनाउने उद्देश्यका साथ शाखा गठन गरिएको फोटो पत्रकार महासंघका महासचिव हरि रेग्मीले जानकारी दिए । जिल्लामा छरिएर रहेका सबै फोटो पत्रकारहरुलाई एउटै छातामा संगठित गराउने गरि आफुले काम गर्ने संयोजक यादवले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer