फ्रान्समा भएको बम र गोलीबारीमा १०० जना भन्दा बढीले ज्यान गुमाएको खबर आएको छ। यो आक्रमणलाई दोस्रो विश्व युद्ध पछि फ्रान्समा सबैभन्दा ठुलो मानिएको छ।  यस्तो आक्रमण पछि त्यहाँ सीमानाका बन्द गरिएको छ भने देशभर संकटकाल लगाउने घोषणा गरिसकिएको छ।

 

एक युरोमा कफि

Paris Facts (7)
पेरिसमा पनि कफि निकै चर्चित छ। शहरमा १८० भन्दा बढी त्यस्ता क्याफेछन् जहाँ १ युरोमा नै कफि पाइन्छ।

इतिहास पल्टाएर हेर्ने हो भने कुनै बखत तानाशाह हिटलरले दोस्रो विश्वयु्द् सकिनै लाग्दा पेरिसमा आक्रमणको आदेश दिएका थिए।

पेरिसको अस्तित्व

Paris facts (1)
तानाशाह हिटलरले सन् १९४४ मा पेरिसलाई ध्वस्त गर्न आदेश दिएका थिए। तर पेरिसका कन्ट्रोलर नाजी जनरलले हिटलरले दिएको आदेश मानेनन्। ती नाजी जनरल डिट्रिज वोन चोल्टिट्जले बुझ्न थालेका थिए की हिटलरले ठिक गर्दैछैनन्।

यदी ती नाजी जनरलले हिटलरको आदेश मानेका भए संभवत आज पेरिसको अस्तित्व हुने थिएन।

ले चेहवनास वेश्यालय

Paris facts (5)

पेरिसमा ले चेहबनास नामको एक वेश्यालय थियो, जहाँ राजा एडवर्ड सातौँ जाने गर्थे। केटीहरुको बीचमा राजा एडवर्ड स्याम्पेन भरिएको बाथटबमा स्नान गर्थे । सो बाथटबलाई सन् १९५१ मा साल्वाडोर डाली लाई बेचिएको थियो।

७० वर्षसम्म भाडा तिर्दै

Paris facts (4)

पेरिसमा एक यस्तो अपार्टमेन्ट छ जुन पछिल्लो ७० वर्ष देखि भाडामा दिइएको छ, तर त्यहाँ कोही बस्दैन। घरबेटीलाई भने समयमा यो अपार्टमेन्टको पैसा समयमा आउँछ। अपार्टमेन्ट लिएका व्यक्तिको मृत्यु भइसकेको छ। अपार्टमेन्ट भित्र निकै बहुमुल्य एक चित्र पनि भेटिएको थियो। पैसा भने कसले दिदैछ थाह हुन आएको छैन।

आइफिल टावर मन नपराउने व्यक्ति

Paris facts (3)विश्वभरका मानिस आइफेल टावर हेर्ने पेरिस पुग्ने गर्छन्। तर फ्रान्सका प्रसिद्ध लेखक गाय दी मोपासालाई आइफेल टावर पटक्कै मन पर्थेन। उनले टावर हेर्न पनि मन लाग्थेन। तर उनी हेरक दिन टावरको तल बसी खाजा खाने गर्थे। उनी भन्थे पुरै पेरिसमा यो एक ठाउँ जुन टावरको तल छ त्यहाँबाट मात्र यो टावर देख्न सकिदैन।

३०० मिटरको यो टावर सन् १८८७ बाट बनाउन सुरु गरिएको थियो। सन १८८९ बाट यो सर्वसाधरणको लागी खुला गरिएको थियो।

 

केबल काटिन्थ्यो

Paris facts (2)

हिटलरको पेरिसमा निकै विरोध हुने गर्थ्यो। एक पटक हिटलरको पेरिस यात्राको बेला उनका विरोधीले आइफेल टावरको लिफ्टको तार काटिदिएका थिए। उनका विरोधी चाहन्थेनन् कि हिटलर टावरको माथी चढुन। १५०० सिढीँ चढेर हिटलरले टावर माथी पुग्ने जमर्को गरेनन्।

 

 १०० भन्दा अधिक ‘बार’ छन् शहरमा

Paris Facts (6)

सामान्य दिनमा परेसिको रात निकै आकर्षक हुने गर्छ। शहरमा एक हजार भन्दा बढी बार छ, जहाँ मानिसहरु पिउनको लागि जाने गर्छन्। साथै ‘कफि सप’ र १८०० बेकरी क्याफे पनि त्यहीँ छन्। रातको अबेरसम्म पनि मानिसहरुको चहलपहल कम हुदैन। खुलापनको लागि पेरिसलाई विश्वभरमा चिनिन्छ। यहि कारणले पनि फ्रान्समा अधिक पर्यटक घु्म्न जाने गर्दछन्।