Ultimate magazine theme for WordPress.
NMC College Corona Add

कपिलवस्तुको विजयनगरको सिमानामा बिओपी क्याम्प राखिँदै

cin bigyapan
cin bigyapan

कपिलवस्तु ,६ भदौ -विजयनगर
कपिलवस्तुको विजयनगर गाउँपालिकामा पर्ने नेपाल–भारत सिमानामा बर्डर आउट पोष्ट (बिओपी) क्याम्प राखिने भएको छ । सुदुर पश्चिममा पर्ने अति विकटक्षेत्र वडा नंं. १ मधनगराको सिमानामा बिओपी राख्न लागेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभएको छ ।
नेपाल सरकारको अवधारण अनुसार उत्तर दाङ सिमानासम्म नजिक कुनै पनि बिओपी नरहेको र खुल्ला सिमाना रहेकोले सुरक्षा निगरानी बढाउन बिओपी क्याम्प राख्न लागेको थापाले बताउनुभयो ।
जिल्ला सशस्त्र प्रमुख एस.पी.धुव्र कार्की, जनप्रतिनिधि लगायत टोलीले शनिवार स्थलगत अनुगमन गरेको छ । दुई महिनाभित्र सम्पूर्ण संरचना तयार गरी बिओपी अस्थाई रुपमा स्थापना गरिने प्रमुख कार्कीले प्रतिबद्धता जनाउनुभएको छ ।
उक्त बिओपीको सम्पूर्ण संरचना तयार गर्नको लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने बताईएको छ ।

कोरेना भाइरस सुवर्ण गाउपालिका
Total Page Visits: 147 - Today Page Visits: 1
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...