Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

कलैया अस्पतालका आइसोलेसनमा रहेका संक्रमित सुबिधाको अभावमा जीवन र मृत्यु संग लड्दै

cin bigyapan

कलैया, बारा ।

कलैया अस्पतालमा कोरोना संक्रमितको जीवन संग अस्पताल  तथा संबंधित निकायले खेलवाड गरिएको आइसोलेसनमा रहेका संक्रमितहरुले जनाएका छन। कोरोना संङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनमा खटेका एक जना सुरक्षाकर्मी र एक जना सञ्चारकर्मी नोवेल कोरोना कोभिड–१९ रोगको उपचार कलैया अस्पतालको आइसोलेसन वार्डमा  गराउन राखे पनि राम्रो उपचार नभएको बताउनुभएको छ । जेठ ३ गते देखि उपचार गराइरहनुभएका बिरामीले अस्पतालमा उपचार भएको महसुर नगरेको बताउनुभयो ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

नागरिकको शुरक्षमा ज्यानका प्रवाह नगरि खटे र विरामी हुँदा आइसोलेसनमा मात्र राखेको , कुनै औषधि उपचार नभएको , तातोपानि खान नपाएको २९ वर्षीय प्रहरी जवानले बताउनुभयो । उहाँले पेटभरि पानि, नास्ता र खान नपाएर मर्ने सम्भावना रहेको बताउनुभएको छ । भोकोपेटमा कोरोना सँग लड्न नसकिने बताउदै विश्वस्वास्थ्य संगठनको मापदण्ड र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार बिरामीको उपचार गर्न आइसोलेसनमा बसेका सञ्चारकर्मीले बताउनुभयो ।

घरबाट आउदाँ कोरोना जितेर आउछु भन्ने सोचेर आएको थिए तर कलैया अस्पताल प्रशासन, स्वास्थ्यकर्मी र प्रदेश सरकार मिलेर गरेको कामत बिरामीको हितमा नभएको बताउनुभयो । अस्पतालमा बसेपछि कोरोना जितेर घर फर्कीने मेरो सोच अधुरो हुन्छ जस्तो महशुस गर्नलागेको छु । तिर्खा लाग्दा पानी खान नपाउने, ज्वरो आउदा सिटामल खान दिदा धेरै राहत र खुसि लाग्यो । माप दण्ड अनुसारको नास्ता, खाना भएको बताउनुभयो । आइसोलेसनको उपचारको भरमा आफ्नो जीवन अब यतिदिनका लागि मात्र रहेको भन्दै जीवन संग हारेको निरासाजनक कुरा गर्ने गरेका छन् ।

अस्पताल प्रशासन सँग कोरोनाका विरामीलाई उपचार गर्न सरकारले दिएको बजेट छैन र औषधि छैन साथै पानी र खानाको व्यवस्था छैन भने सञ्चारकर्मी मित्रहरु हामी दुईजनाको नास्ता र खानाका लागि तपाईहरुको निजि पैसाले सहयोग गर्न अनुरोध गरेका छन्। पेट भरि नास्ता र खाना, पानी खाएर कोरोना जितेर आएपछि साथिहरुको ऋण तिर्ने अनुरोध गर्नुभएको छ । समाजको सेवा गर्दा गर्दै रोग लागेकाले आफु कुनै अपराधि नभएकाले बिरामीलाई सम्मानजनक व्वहार गर्न र पानी, खाना र औषधिको व्यवस्था अथवा यहाँ बाट बीरगंजमा पठाउन माग गरेका छन्।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.