Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर

cin bigyapan
0 34
cin bigyapan

क्वारेन्टिन निर्माणको विषयमा रौतहटमा झडप, प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर
रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।
कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन निर्माण गर्न लाग्दा स्थानीयसँग विवाद भएर झडप भएको हो । घना बस्तीसँग जोडिएको विद्यालयमा क्वारेन्टिन राख्न नदिने भन्दै स्थानीयले ढुङ्गामुढासमेत गरेका थिए ।
झडपमा परी प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुटको छ । प्रदर्शनकारीको ढुंगाले लागेर घाइते भएका उनलाई उपचारका लागि गरुडा ल्याइएको छ ।
स्थानीयसँगको विवादले उग्र रुप लिएर झडपमा परिणत भए पछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक रविराज खड्काले बताए ।कटहरिया ५ को जनता माध्यमिक विद्यालयमा रहेको एकमात्र क्वारेन्टिनमा दुई सय भन्दा बढी व्यक्ति भएपछि नगरपालिकाले अर्को स्थानमा समेत क्वारेन्टिन निर्माण गर्न खोजेको हो ।

कोरेना भाइरस सुवर्ण गाउपालिका
Total Page Visits: 200 - Today Page Visits: 2
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...