Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

धम्क्याएर लाखौ रकम माग्दै हिड्ने दुइजना रौतहटबाट पक्राउ

बिकाश पांडेय ।। रौतहट।। साउन ८ गते

cin bigyapan
cin bigyapan


शिक्षक तथा व्यापारी संग डर, धम्कि दिएर लाखौ रुपैया मागगर्ने दुइजनालाइ रौतहट प्रहरीले बुधवार राति गरुडा नपा ४ बाट पक्राउ गरेको छ । सर्लाहीको रामनगर गाउपालिका २ घर भइ रौतहटको गरुडा नपा ४ मा बस्ने सर्लाहीको धनकौल प्राबि छटौलका प्रधानाध्यापक अशोक साह र सर्लाहीको बरथवा नपा ७स्थित बजारमा एलपी ग्यासको बिक्रेता रामदेवराय यादव संग रकम माग्ने दुइजना पक्राउ परेका हुन ।रौतहटको गढीमाइ नपा ३ गम्हरीया घरभइ चन्द्रपुर १० बाल्चनपुर बस्ने बर्ष ३२ का जयकिशन ठाकुर र सर्लाही धनकौल गापा ७ बैरिया घरभइ चन्द्रपुर १० बाल्चनपुरमा बस्ने बर्ष २८ का मुकेश यादव पक्राउ परेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।पक्राउ परेकाहरुले मोवाइल फोन बाट पटक पटक फोन गरी शिक्षक साह संग ५ लाख र व्यापारी यादव संग १५ लाख रकम माग्दै आएको आरोपमा उनीहरुलाइ पक्राउ गरीएको गरुडाका डिएसपी ज्ञान कुमार महत्तोले जानकारी दिएका छन ।पक्राउ परेकाहरुको साथ बाट बिभिन्न कम्पनीका मोवाइलको सिमहरु , मोवाइल , केही थान नागरीकताहरु बरामद भएको प्रहरीले जनाएको छ ।

कोरेना भाइरस सुवर्ण गाउपालिका
Total Page Visits: 49 - Today Page Visits: 1
cin bigyapan
cin bigyapan
cin bigyapan
Comments
Loading...