bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पर्सागढी नगरपालिका वडा नं. ९ का १८१ परिवारलाई राहत वितरण

pokhariya Holi Notice

श्रवण साह, पर्सा १५ बैशाख ।

पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि आज वडा कार्यालयमा राहत वितरण गरिएको छ ।
वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको आधारमा सरकारको निति निर्देशन अनुसार वडा नं. ९ को तीनवटै गाउँका गरिब अतिविपन्न परिवारको पहिचान गरी १८१ जनालाई राहत बाँडिएको छ ।

वडा भित्र पर्ने बर्डेवा, तेलिया र एकटांगा गाउँका गरिब, अतिविपन्न परिवारलाई आजै राहत वितरण गरिएको वडा नं. ९ का वडा अध्यक्ष रामनारायण प्रसाद गौरोले बताए । प्रत्येक परिवारलाई २० किलो चामल, २ किलो मसुरो दाल, २ किलो नुन, खाने तेल १ लिटर, नुहाउने र लुगाधुने सावुन ४ पिस गरी बनाईएको राहत प्याकेज प्रति परिवारालई उपलब्ध गराईएको हो ।

वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए वडा अध्यक्ष गौरोले बताए । राहत वितरण कार्यमा ईलाका प्रहरी कार्यालय एकटांगाले सामाजिक दुरी कायम गराउदै व्यवस्थित रुपले राहत वितरणमा सहयोग गरेका थिए ।

लकडाउन शुरु भएलगतै वडाका प्रत्येक व्यक्तिलाई माक्स, प्रत्येक परिवारमा सेनेटाईजर र हात धुने साबुन एक÷एक पिस आफनै लगानीमा वितरण गरेको वडा अध्यक्ष गौरेले बताए । विपद् कोषमा छुट्याएको तीन लाख रकम मध्ये केहि रकम जनताको राहतको लागि खर्च गरीसकेको र केही बाकि रहेको वडा अध्यक्ष गौरेले बताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer