Ultimate magazine theme for WordPress.

पोखरिया अस्पतालबाट १० जना कोरोनालाई पराजित गरी डिस्चार्ज – उपमेयर सलमा खातुनले गरे बिदाई

पर्सा,११ भदौं – पर्साको पोखरिया नगरपालिका स्थित पोखरीया अस्पतालको आइसुलेसन सेण्टरमा वस्दै आए १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना जितेकाहरुलाई पोखरीया नगरपालिकाका उपमेयर सलमा खातुनले अस्पतालबाट बिदाई गरेकी छिन् । कोरोनालाई पराजित गर्नेहरुमा २ जना स्वास्थ्यकर्मी,१ जना पत्रकार,२ जना बैंक स्टाफ, १ जना पोखरिया नपा वडा नं. ४ का वडा सदस्य र १ जना महिला गरी १० जना रहेको पोखरीया अस्पतालले जनाएको छ ।

हाल अस्पतालको आइसुलेशन सेण्टरमा ७ जना संक्रमितहरुको उपचार भइरहेको पोखरिया अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुलाई नगरपालिकाका उपमेयर खातुनले फुल तथा कोरोनाको पिसिआर रिपोट प्रदान गरी बिदाई गरेकी छिन् ।

Total Page Visits: 179 - Today Page Visits: 1
Comments
Loading...