Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

लकडाउनको अवसर, वन कर्मचारीकै मिलेमत्तोमा 

cin bigyapan

सिरहा।

लक डाउनको फाइदा उठाउँदै वन कर्मचारीकै मिलेमत्तोमा तिव्ररुपमा चुरे उत्खनन भईरहेको छ । सिरहा क्षेत्र नंं ३ का प्रदेश सासंद रामकुमार यादवको संसदिय विकास कोषको रकमबाट गोलबजार नपा १० मा बाँध मर्मत र सडक विस्तार तथा स्तरोन्नतीको लागि चुरे वनक्षेत्रबाट माटो र ग्राईभेल निकालेको हो ।

घुर्मि किनार सामुदायीक वन गोलबजार नपा १० क्षेत्रमा पर्ने नथुनिबाँध मर्मतगर्ने नाममा ढिस्को फोडेरै गिट्टी माटो निकाल्ने गरेको छ । संसदिय विकासकोषबाट ३० लाख लगानीमा बाटो विस्तार र स्तरोन्नतीको कामगरिरहेकोभएपनि समितिले निर्वाध रुपमा वनबाट स्काभेटरले खनेर गिट्टि, माटो निकालीरहेको छ ।

लक डाउनको कारण वन कर्मचारी पनि धेरै सक्रिय नभएको मौका छोपी स्थानीय वन कर्मचारीको मिलेमत्तोमा वनमा उत्खनन गर्ने गरेका छन् ।

डिभिजन वन कार्यालय लहानमा स्थानीयले यस विषयमा पटक–पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको नाम नवताउने सर्तमा एक युवकले बताए । उनलेभने, ‘वन कार्यालयलाई हामीले पटक पटक जानकारी गरायौं तर वन कर्मचारी एकपटक पनि यहाँसम्म आईपुगेनन्, यसले वन कर्मचारीको पनि मिलेमत्तो देखिन्छ ।’

कोरेना भाइरस सुवर्ण गाउपालिका

डिभिजन वन कार्यालय लहानका प्रमुख डिभिजनल बन अधिकृत सुबासचन्द्र दासले करोना महामारिकका कारण सवै लकडाउनमा यस्तो वेलामा पनि आफूले जानकारी पाउनासाथ आफ्नो कर्मचारी पठाएर काम रोकेको बताए । उनलेभने मैले जानकारी पाएपछि काम रोक्न लागाएँ र प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको छु ।

बाँध मर्मत गर्नसम्म त्यहाँको माटो गिट्टि प्रयोग गर्न सकिएपनि अन्य विकास निर्माणमा वनबाट माटो, गिट्टी, ग्राईभेल झिक्न नपाइने डिभिजनल बन अधिकृत दासले जानकारी दिए ।

संसदिय विकास कोषको काम भएकोले रोक्न नमिल्ने बताए । उनलेभने, ‘जिल्ला समन्वय समिति लगाएत सबै ठाउँबाट पारित भएर आएको काम हो, हामी त्यसैले वनबाट माटो गिट्टि निकाल्न रोक्न मिल्दैन ।’ उनले आफूलाई अन्य ठाउँबाट प्रेशर पनि आउने गरेको सुनाए ।

उपभोक्ता समितिका अध्यक्ष विष्णुलाल लामाले आफू अध्यक्ष भएनि योजनाको अख्तियारी प्रतिनीधि जीवन कुमार यादवले नै गराईरहेको बताए । उनलेभने, ‘म समितिको अध्यक्ष भएपनि, जीवन जीले नै काम गराईरहनु भएको छ ।’ उनले कहाबाट माटो, ग्राभेल ल्याएरहेको जानकारी नभएको बताए ।

प्रतिनीति यादवलेभने आफूले सहजीकरणमात्र गरिदिएको भन्दै काम उपभोक्ता समिति आफैले गरिरहेको जनाए ।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.