Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

लोककल्याणका लागि आफ्नै घरमा आज नवौदिन धारणा

cin bigyapan

बीरगंज, पर्सा।

लोककल्याणका लागि आफ्नै घरमा आज नवौदिन धारणा दिएका छन। कोभिड १९ अस्पताल घोषणा भएपछि नारायणी अस्पतालको जेनरल सेवा ठप्प भएको छ।नारायणीको विकल्पमा नेशनल मेडिकललाई सेवा दिन सरकारले भनेको छ ।

कोरोना संक्रमितको उपचार चलिरहेको बेला विभिन्न क्षेत्रबाट नारायणीमा अन्य सेवा सुचारु गर्नुपर्ने भन्दै दबाव दिएका छन । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको एक पक्षले प्रदर्शन नै गरिसकेका छन् । चार राजनीतिक दलसहित महानगरपालिकाले स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् भने नेपाल चिकित्सक संघ नारायणी शाखाले पनि मेडिकल सुपरिटेन्डेन्टको ध्यानाकर्षण गराइसकेको छ । पर्सा, बारा, रौतहट, सर्लाहीसम्मका गरिब जनताको उपचारका थलो नारायणीमा जनरल सेवा बन्द गर्दा सर्वसाधरण मर्कामा परेको उनीहरुको निष्कर्ष छ ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म बिराेधकाे कार्यक्रम जारी रहने हिन्दु परिषद नेपाल पर्सा के जिल्ला अध्यक्ष एवं मानवअधिकार कर्मी (बाबा हो) हरेन्द्र पटेलले बताउनु भएकाे छ । पटेल लगायत अनेेकन जनाले आफ्नै घरबाट आन्दोलन आज नवौं दिन जारी राखेका छन् ।

पटेलले आज फेसबुकमा स्टेटसमा पर्सा, बारा, रौतहट, सर्लाही लगायत यस क्षेत्रको गरिब जनताको उपचार गराउने नारायणी अस्पताल बीरगंज लाई संघिय सरकारद्वारा कोरोना अस्पताल बनाए पछि मानवअधिकार कर्मी लगायत सम्पूर्ण राजनीतिक दल नागरिक समाज, संघ संस्थाले आवाज उठाउदा पनि सुनुवाइ नभए पछि बाध्य भएर लकडाउनको कारण बैशाख २१ गते देखि प्रत्येक दिन आफनो घरको गेटमा कालो झंडा बान्धि धर्नामा बसेको र यो आम जनसमुदायको भएकोले यस बिरोध धर्ना कार्यक्रममा साथ दिने सम्पूर्ण पार्टीका नेता, नागरिक समाजको अगुवा, पत्रकार, आम जन समुदायलाई धन्यवाद दिनु भएकाे छ ।

पटेलले संघिय सरकारको प्रतिनिधिले नारायणी अस्पताल सुचारु गर्नकोलागी पत्र दिने भनिएता पनि पत्र नआएको र संघिय सरकारको पत्रबाट कोरोना अस्पताल भएको कारण नारायणी अस्पताल सुचारु गर्न पत्र नआए सम्म (घर घरबाट बिरोध) भने नाराको साथ हाम्रो धर्ना अभियान प्रत्येक दिन बिहान १० बजे देखि ११ बजे सम्म जारी रहने वताउनु भएकाे हाे । उहाँले जनताको ज्यानसंग खेलवाड नगर्न सरकारसंग अनुरोध समेत गर्नु भएकाे छ ।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.