Ultimate magazine theme for WordPress.
कोरेना भाइरस सुवर्ण गाउपालिका

सुवर्ण गाउपालिकामा कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणमा कस्ता सुरक्षा सुबिधा

cin bigyapan

कलैया, बारा।

बारा जिल्लाको सुवर्ण गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि बाहिर बाट आउने पालिका बासी तथा पालिका भित्र रहेका लाई स्वास्थ्य चेकजाँच गर्न विभिन्न कार्यक्रम गरेको जानकारी गराइएको छ ।

गाउँपलिकाले कोरोना भाईरस संक्रमण रोकथामको लागि गरिएको बन्दी(लकडाउन) का कारण गाउँपालिकामा  समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको छ ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले पालिकाका लागि प्रदेश नम्बर २ सरकारबाट प्राप्त रकम रु १० लाख र प्रकोप व्यवस्थापन कोष स्थापना गरि गाँउपालिकाको विभिन्न खर्च शिर्षकबाट जम्मा रु ७२ लाख रकम बरावरको दुई चरणमा राहत वितरण गरिएको बिश्व सूचना नेटवर्क लाइ जानकारी दिनु भयो ।

प्रदेश सरकारबाट प्राप्त रकम मध्येबाट गाँउपालिकाको ८ वटै वडाले रु १ लाख २५ हजारका दरले वडा समिति लगायत वडामा सर्वदलिय समिति गठन गरी प्रथम चरणमा कुल १ हजार ८ सय ३० घरधुरीलाई राहत वितरण गरिएको प्रमुख प्रशाकीय अधिकृत श्रीवास्तवले बताए ।

कोरेना भाइरस सुवर्ण गाउपालिका

यस्तै गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषको रकमबाट दोस्रो चरणमा गाउँपालिकाका ८ वटै वडाहरुका करिब ५ हजार ६ सय ३५ घरधुरीलाई राहत वितरण गरिएको गाउपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले बताए। गाउँपालिकाले प्रत्येक प्रभावित परिवारलाई १५ किलो सोना मंसुली चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खाने तेल र ३ किलो आलु वितरण गरिएको गाउपालिकाका अध्यक्ष यादवले बताउनु भयो ।

गाउँपालिकाले कोरोना भाईरस(कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणको लागि पालिका स्तरबाट विभिन्न कार्यक्रमहरु समेत गरी सबै वडाका सबै घर परिवारमा आवश्यक संख्यामा सावुन र मास्क वितरण गरेको अध्यक्ष यादवले बताए।

विभिन्न देशवाट गाउँपालिकामा आएका करिब २७ जनालाई स्थानीय विद्यालयमा स्थापना गरिएको क्वारेन्टाईनमा राखि स्वास्थ्य परिक्षण गराएको र विभिन्न माध्यम बाट कोरोना भाईरस वारे सचेतना गराएको पनि प्रमुख प्रशाकीय अधिकृत श्रीवास्तवले बताए ।

पालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा खटिएका कर्मचारी, स्वास्थ्यकर्मी र पदाधिकारीहरुको कार्य संचालनको क्रममा कोरोनाबाट संक्रमित भई मृत्यु भएमा क्षतिपूर्ति स्वरुप रु २५ लाख वरावरको विमा गाँउपालिकाले आफनो कोषबाट संचालन व्यवस्था गर्ने निर्णय भएको प्रशासकीय अधिकृत श्रीवास्तवले बिश्व सूचना नेटवर्क लाई जानकारी दिनु भयो ।

यसैगरी सोमवार सम्पन्न कार्यपालिका वैठकले विभिन्न निणर्य गरेको छ । वैठकले प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तवले गरेको राहत वितरण सम्बन्धी प्रतिवेदन पास गरेको छ ।

Bigyapan  Image Cinnepal
यो पनि हेर्नुहोस
Bigyapan  Image Cinnepal

Leave A Reply

Your email address will not be published.