bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

२ थान पेस्तोल सहित भारतीय पक्राउ

pokhariya Holi Notice

उषा सरदार, बिराटनगर //  प्रहरीले मोरङको विराटनगरबाट २ थान पेस्तोल र गोली सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हतियार सहित भारत सितामढी ग्राम पञ्चायत थान बैरगनिया ७ घर बताउने अन्दाजी २० बर्षीय कुनाल कुमारलाई पक्राउ गरेको छ ।

सोमवार राती ८:४० बजेको समयमा विराटनगर महानगरपालिका-९ मा रहेको एक होटलमा हतियार सहित बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा अटोमेटिक पेस्तोल थान-१, सोही पेस्तोलको म्याग्जिन थान-१, म्याग्जिनमा लोड भएको गोली ४ राउण्ड, कटुवा पेस्तोल थान-१, पेस्तोलमा लोड भएको गोली १ राउण्ड र निजले लगाएको पाइन्टको गोजीबाट कटुवा पेस्तोलमा लाग्ने ३ राउण्ड गोली बरामद गरेको थियो ।

हतियार सहित पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer