बिराटनगर, संवाददाता
मुलुककै जेठो उद्योग वाणिज्य संघ, मोरंग व्यापार संघको वर्तमान ३२औँ कार्यसमितिको सदस्य पदमा अन्नपूर्ण केवल, विराटनगरका संचालक श्री श्याम राठीज्यू मनोनित हुनु भएको छ । बसेको संघको का.का. बैठकमा संघका अध्यक्षले उद्योगी राठीलाई मनोनित गरिएको जानकारी सबै कार्यसमिति सदस्यहरु समक्ष गराउनु भयो ।
अध्यक्षज्यूको जानकारीसँगै बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारीहरु र का.का. सदस्यहरुले उद्योगी श्याम राठीलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।