bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी उपनिर्वाचन

pokhariya Holi Notice


आउँदो मङ्गसिर १४ गते अर्घाखाँचीको एक वडा अध्यक्ष पदका लागी मात्र उपनिर्वाचन हुँदैछ । नेकपाको बाहुल्यता रहेको मालारानीको वडा नम्बर–३ मा अध्यक्ष पदका लागी रस्साकस्सी सुरु भएको हो । एक वडा अध्यक्ष पदमा मात्र निर्वाचन हुने भएपछी जिल्लाको ध्यान त्यतै केन्द्रित छ । सबै राजनितिक शक्ती पनी त्यहीं केन्द्रित भएको छ । मालारानीको अध्यक्ष, उपाध्यक्ष लगायत सबै वडा अध्यक्ष तत्कालिन नेकपा एमालेबाट निर्वाचित छन् । मङ्गसिर १४ गते उपनिर्वाचन हुने क्षेत्र मालारानी गाउँपालिका वडा नम्बर–३ मा पनी तत्कालिन नेकपा एमालेबाट जिवन चौहान निर्वाचित भएका थिए । वडा अध्यक्ष जीवन चौहान २०७४ को मंसिरमा रुपन्देहीको सैनामैना नगरपालिकामा पर्ने रानीबगियामा सडक दुर्घटनामा परेका थिए । सडक दुर्घटनामा परी गम्भीर घाइते भएका चौहानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा पुस महिनामा निधन भएको थियो ।

दुई खनालको भिडन्त
मालारानी गाउँपालिका वडा नम्बर–३ को वडा अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यमलाल खनाललाई सर्वसहमत सिफारिस गरेको छ । एक साता अँघी बसेको नेकपाको वडा कमिटी बैठकले खनाललाई सर्वसम्मत रूपमा वडा अध्यक्षको उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको नेकपा प्रचार विभाग प्रमुख तिलक मिश्रले बताए । नेकपा मालारानी–३ का अगुवा नेता कार्यक्रताहरुको आम भेलाले सर्वसहमत रुपमा उम्मेद्धवार छनौट गरि जिल्ला कमिटीमा नाम पठाए पछी उनी उम्मेद्वार हुने पक्का भएको हो । १७ जना आकांक्षी भएपनी आपसी सहमतीमा उनको नाममा सर्वसहमत भएको हो ।
यता नेपाली कांग्रेसले शोभाखर खनाललाई सर्वसहमत छनौट गरेको छ । बुधवार बसेको मालारानी गाउँपालिका वडा नम्बर–३, खनदहको वडा समिती बैठकले कांग्रेस मालारानी अध्यक्ष शोभाखर खनाललाई आगामी मङ्गसिर १४ गते हुने उपनिर्वाचनमा वडा नम्बर–३ को वडा अध्यक्ष पदका लागी सर्वसहमत छनौट गरेको हो । जिल्ला पार्टी सभापती बिष्णु प्रसाद खनाल मुस्कानको प्रमुख आतिथ्यतामा बसेको वडा समिती बैठकले आफ्नो उम्मेद्वारलाई जिताउन वडावासिलाई अपिल गर्ने निर्णय पनी गरेको छ ।

Simraungadh Holi Notice

कस्ले मार्ला बाजी ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यमलाल खनाललाई सर्वसहमत सिफारिस गरेको छ । उनी तत्कालिन एमालेका पुर्व जिल्ला कमिटी सदस्य तथा हाल नेकपा मालारानीको पालिका कमिटी सदस्य छन् र खनदह बजारमा मेडिकल स्टोरका संचालक पनी हुन् । गएको २०७४ मा भएको निर्वाचनमा टिकट नपाएका यमलाल र उनको पार्टी नेकपा पुरानै नतिजा दाहो¥याउँदै निर्वाचन आफ्नो पक्षमा पार्न लागी परेका छन् । गएको स्थानियतहको निर्वाचनमा पालिकामै कमजोर देखिएको कांग्रेस र त्यही वडाको अध्यक्षमा पराजित भईसकेका उम्मेद्वारा भएकाले हराउन सजिलो हुने नेकपाको ठहर छ । ‘पालिका सहित सबै वडाहरु हाम्रोे पार्टीका उम्मेद्वारहरुले जितेका छन् । गएको स्थानिय निर्वाचनमा पनी यो वडामा हाम्रै जित भएको थियो, अहिले पनी जित्छौं ।’ यमलाल खनालको भनाई ।
यता कांग्रेसले सर्वसहमत छनौट गरेको उम्मेद्वार शोभाखर खनाल खनदहका पुर्व गाविस सभापती र हाल मालारानी गाँउपालिका संयोजक हुन् । खनदह बजारमा उनको किराना पसल पनी छ । स्थायी शिक्षक पेशा त्यागेर राजनिती थालेका शोभाखर गएको २०७४ को निर्वाचनमा पनी कांग्रेसका तर्फबाट उम्मेद्वार थिए । उनी तत्कालिक वडा अध्यक्ष दिवंगत जिवन चौहानसंग ३६ मतले पराजित भएका थिए । तितो हार बिर्सीएर नेकपाका विभिन्न कमजोरीको फाईदा उठाउने दाउमा उनी रहेका छन् । मालारानी गाँउपालिका र कार्यपालिकामा समेत सत प्रतिशत नेकपाबाट निर्वाचित पदाधिकारी रहेकाले त्यँहा गरिने निर्णय पनी एकलौटी हुने गरेको र त्यस्ता गतिविधीले जनतामा चरम निराशा छाएको कांग्रेस मालारानीको ठहर छ । ‘विगतको निर्वाचनमा के भयो त्यो गौंण कुरा हो, शोभाखर खनालले भने,‘ त्यसपछी गाँउपालिकामा के–के भयो त्यो कुरा नै मेरो जित्ने आधार हो ।’
कहिले गाँउपालिका रित्तो गराएर पिकनिक गएर त कहिले शिक्षकहरुलाई बिना पैसा भौचरमा हस्ताक्षर गराएर विवादमा आएको पालिकालाई आफ्नो स्थान जोगाउन कसरत नै गर्नु पर्ने देखिन्छ भने, हार ३६ मतको मात्र भएपनी तत्कालिक माओवादीका मत पनी नेकपालाई जाने भएकाले कांग्रेसलाई पालिकामा आफ्नो पहिलो उपस्थिती देखाउन कार्यकर्ता र आम नागरिकलाई विश्वस्त पार्न आवश्यक देखिन्छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.