bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

एन आई सी एसीया बैंकले ल्यायो ३० फाइदा सहित न्यू सुपर चमत्कारिक निक्षेप योजना

एन आई सी एसीया बैंकले ल्यायो ३० फाइदा सहित न्यू सुपर चमत्कारिक निक्षेप योजना

pokhariya Holi Notice

उषा सरदार ,बिराटनगर
एन आई सी एसिया बैंकले विभिन्न ३० फाईदा सहित न्यू चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ।” बैंक पनि साथी पनि,राम्रो पनि हाम्रो पनि भन्ने मुल नाराका साथ आमसमुदायमा सेवा प्रदान गर्दै आईरहेको बैंकले ग्राहकका लागि थप फाईदा सहित निक्षेप योजनाहरु ल्याएको हो। आज बिराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन आई सी एसिया बैंकका प्रदेश १ का कार्यालय प्रमुख दिपक थापाले बैंकले ल्याएको योजना अन्तर्गत खाता खोल्ने ग्राहकलाई सर्वाधिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएम बाट रकम झिक्दा शुल्क नलाग्ने चमत्कारिक फाइदाहरु सहित न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको बताउनु भएको छ।
उहाँले उक्त योजना अन्तर्गत खाता खोल्ने ग्राहकले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बताउनु भयो । यस सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाख सम्मको बीमा सुविधा, १८ घातक रोगहरुको लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा प्राप्त गर्न सक्ने बताउनु भयो ।
बैकले औषधी उपचार बीमा अन्तर्गत ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना वापत रु ८० हजार सम्मको बीमा सुविधा प्रदान गर्ने र उक्त बीमा सुविधाहरु वापत लाग्ने प्रिमियम बैंक स्वयंले एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तिर्ने जानकारी गराउनु भयो । ग्राहकहरुले आफु अनुकुल हुने र इच्छाईएको रकम बचत गर्नका लागि सिल्भर, गोल्ड र डायमण्ड सेरिज गरी तीन भेरियन्टस का बचत योजनाहरु न्यू सुपर चमत्कारिक खाताहरुमा प्राप्त गर्ने थापाले बताउनु भयो ।
उक्त तीनै प्रकारका खाताहरुमा वार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुने छ भने डायमण्ड सिररिजको बचत खातामा अति विशिष्ट सुविधाहरुबाट लाभान्वित हुने बैंकले जानकारी गराउनु भयो।
उहाले उक्त योजना अन्तर्गत घरमै बैंकिङ्ग सुविधा, निःशुल्क डिम्याट खाता खोल्ने, निःशुल्क ई.कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा, अनलाइन मुद्दती खाताको सुविधा, निःशुल्क क्रेडिट कार्डको सुविधा समेत रहेको जानकारी गराउनु भएको छ । उपलब्ध योजनाहरु बाहेक बैंकले अतिरिक्त पृथक स्विप इन , स्विप आउट र मासिक निक्षेप खाताको सुविधाबाट बचत खातामार्फत नै मुद्दती खाताकै सुविधाहरु पाइने थापाले बताउनु भयो ।
न्यू सुपर चमत्कारिक बचत योजनाले मुलुकका सबै क्षेत्र, भेग, तह र तप्काका ग्राहकहरुलाई अधिकतम फाइदा पुग्ने विश्वास बैंकले लिएका छन । खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन.स्विप आउट सुविधा हो जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा रु २ लाख भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,०००ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर हुने र जम्मा गरेको रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्राप्त गर्ने गरि मासिक निक्षेप खातामा ट्रान्सर्फमर गर्न सकिनुको साथै मुद्दती निक्षेपमा स्विप इन गरिएको रकम आवश्यकता अनुसार सजिलै झिक्न अर्थात स्विप आउट गर्न सकिन्छ । यो सुविधा बैंकले न्यू सुपर चमत्कारिक बचत खाता डायमण्ड श्रेणीका ग्राहकहरुलाई स्वतः उपलब्ध गराउँने थापाले बताउनु भयो ।
बैंकले झट्ट सुन्दा अप्त्यारिलो लाग्ने विभिन्न ३० सुविधायुक्त ‘न्यू सुपर चमत्कारिक बचत खाता, न्यू सुपर चमत्कारिक नारी बचत खाता, न्यू सुपर चमत्कारिक जेष्ठ नागरिक बचत खाता, न्यू सुपर चमत्कारिक बाबु नानी बचत खाता, न्यू सुपर चमत्कारिक विद्यार्थी बचत खाता, न्यू सुपर चमत्कारिक स्वरोजगार बचत खाता, न्यू सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता, न्यू सुपर चमत्कारिक सहज बचत खाता, न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खाता, न्यू सुपर चमत्कारिक मासिक निक्षेप खाता, न्यू सुपर चमत्कारिक तलब बचत खाता’ सहितका निक्षेप योजनाहरु सार्वजनिक गरेको छ। मुलुक भर ३ सय १३ शाखा कार्यालयहरु,४ सय ८ एटीएम ,१ सय ३ वटा एक्स्टेन्सन काउन्टर एवं ४५ वटा शाखा मार्फत सेवा प्रदान गर्दै आई रहेको उक्त बैंकले कुनै पनि बैंक तथा बित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा सहेत शाखा बिस्तार गरेको आयोजकले जानकारी गराउनु भयो।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer