bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कपिलवस्तुमा उखु खेतमा आगलागी हुँदा लाखौँको क्षति

pokhariya Holi Notice

प्रतिमा विश्वकर्मा
कपिलवस्तु , ११ कार्तिक
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वार्ड नं.६ भिल्मीमा मंगलवार दिउसो करीब ३ बजे आगलागी भएको हो । दिउसो ३ बजे लागेको आगो करीब साढ़े ४ बजे नियन्त्रणमा आएको छ ।

कम्पाइनबाट कटिएको धानको डाठ जलाउने क्रममा सल्कीएर उखू खेतमा आगो लागेको हो । आगलागीबाट करीब २५ कठ्ठा उखु र १५ धुर धान जलेर नष्ट भएको छ् भने करिब २ लाख ५० बराबरको क्षती भएको कुरा सशत्र प्रहरी बल भिल्मीका इन्सिपेक्टर त्रिलोक चन्द ले जानकारी दिनु भयेको छ ।

आगलागीबाट दरबारी यादव, मोबिन मुसलमान, बनाहै कोरी, किशोर यादवको उखु र निब्बर यादवको धानबाली जलेको प्रहरीले जनायेको छ । आगलागीबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागीको जान्कारी पायेपछि कृष्णनगर नगरपालिकाको दमकल पुगि, सशत्र प्रहरी बल,नेपाल प्रहरी तथा स्थानीय मान्छेहरुको अथक् प्रयासले आगो नियन्त्रणमा आयेको कुरा प्रहरीले जनाएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer