bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

कोरोना प्रकोप वेवास्ता गर्दै समाजवादीेेेेले तीन दिन देखि भेला तथा प्रशिक्षण जारी

कोरोना प्रकोप वेवास्ता गर्दै समाजवादीेेेेले तीन दिन देखि भेला तथा प्रशिक्षण जारी

pokhariya Holi Notice

मुकेश कुमार यादब
लहान ८ चैत । मित्र राष्ट्रहरुमा कोरोना भाइरस महामारी रुप लिएपछि सरकारले कोरोना भाईरस (कोभिड १९) को जोखिमलाइ मध्यनजर गरी २५ जनाभन्दावढी एकैठाउँमा भेला नहुन दिएको निर्देशनलाई वेवास्ता गर्दै संघिय समावादी पार्टीले तीन दिन देखि सिरहा सदरमुकाम , गोलबजार , लहानमा सयौंको संख्यामा उपस्थित गराई भेला तथा प्रशिक्षणको आयोजना गरेको छ ।
कोरोनाले विश्वभारी माहामारीको रुप लिएपछि राज्यले अदालगत, एसईई सहित सम्पूर्ण परीक्षा, विद्यालय, कलेज बन्द गराई एकैठाउँमा २५ जनाभन्दा भेला नहुन भनेपनि समाजवादी पार्टी नेपाल सिरहाले गोलबजारमा जिल्ला अगुवा कार्यकता भेला तथा प्रशिक्षणको आयोजना गरेको हो ।
भेलामा पूर्व उपप्रधान तथा स्वास्थ्य मन्त्री एवम् संघिय समाजवादी फोरमका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव, उपसचिव प्रकाश अधिकारी, केन्द्रिय सदस्य रामरिझन यादव, अशेश्वर यादव, सत्रुधनप्रसाद सिंह कोईरी लगाएत नेताहरु भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागीता रहेका छन् ।
भेलामा जिल्लाका दुई सय भन्दा बढी नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यस सम्वन्धिमा प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले भेला तथा प्रशिक्षणका विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।
जिल्ला अध्यक्ष अशोक यादवको अध्यक्षतामा भईरहेको कार्यक्रममा जिल्लाभरीका अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको एक जिल्ला नेताले जानकारी दिए । उनले आफ्नो पार्टीको आन्तरिक कार्यक्रम भएको सुनाए ।
विश्व स्वास्थ्य संगठनले नेपाल लगाएत दक्षिण यसिया कोरोनाको उच्च जोखिममा रहेको बताएपछि नेपालले सतर्कता अपनाउन थालेको हो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer