bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मीमा दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य: ८ बर्षमा २४१ दुर्घटना, १५२ जनाको मृत्यु अनी ३८७ गम्भीर घाइते

गुल्मीमा दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य: ८ बर्षमा २४१ दुर्घटना, १५२ जनाको मृत्यु अनी ३८७ गम्भीर घाइते

pokhariya Holi Notice

गुल्मी, ०५भदौ । गुल्मीमा सवारी दुर्घटना सम्बन्धी डरलाग्दो तथ्य सार्वजनिक भएको छ । जिल्लामा सवारीको चाप बढेसँगै दुर्घटना हुने दर र मानिसको मृत्यु सङ्ख्या पनि बढ्दै गएको हो । जिल्ला ट्राफिक प्रहरीको विगत आठ बर्ष अर्थात आर्थिक बर्ष २०६८÷०७९ को तथ्याङ्क हेर्ने हो भने जिल्लामा कुल २४१ सवारी दुर्घटना भएका छन् ।
सोहि दुर्घटनामा परि १५२ जनाले ज्यान गुमाएका छन् भने ३८७ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा सबैभन्दा धेरै जीप÷कार ३७.९२ प्रतिशत अर्थात ८९ वटा दुर्घटनामा परेका छन् । भने ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरुष ६६.४४ प्रतिशत अर्थात १०१ जना पुरुषको ज्यान गएको छ । त्यस्तै विगत आठ बर्षमा महिला ३४ र बालबालिका १७ जनाले ज्यान गुमाएका छन् ।
आर्थिक बर्ष ०६८÷०६९ मा कुल २३ दुर्घटनामा परि १८ जनाले ज्यान गुमाएका छन् भने २३ जना गम्भिर घाइते भएका छन् । ज्यान गुमाउनेमध्ये पुरुष १४ जना, महिला र बालबालिका दुई÷दुई जना रहेका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, पाचँ महिला र एक बालबालिका रहेका छन् । सोहि बर्षमा ट्रक र ट्याक्टर तीन÷तीन वटा, बस र जीप एक÷एक वटा तथा मोटरसाईकल सातवटा दुर्घटनामा परेका छन् । आर्थिक बर्ष ०६९÷७० मा एउटा ट्रक, तीनवटा बस, १६ वटा जीप, १३ वटा ट्याक्टर र १४ वटा मोटरसाईकल गरी कुल ४७ दुर्घटना भए । उक्त दुर्घटना आर्थिक बर्ष ०६८÷०६९ देखी ०७५÷७६ सम्मकै उच्च दुर्घटना भएको बर्ष हो ।
सोहि बर्षमा कुल ३१ जनाले ज्यान गुमाए भने १०६ जना गम्भिर घाइते भए । ज्यान गुमाउनेमध्ये १९ पुरुष, ११ महिला र एक बालबालिका रहेका छन् । भने गम्भिर घाइतेमध्ये ६७ पुरुष, ३१ महिला र आठजना बालबालिका रहेका छन् । आर्थिक बर्ष ०७०÷७१ मा भएका ४६ दुर्घटनामा परि १८ जनाले ज्यान गुमाए भने ८५ जना गम्भिर घाइते भए । दुर्घटना भएका सवारीमध्ये १८ वटा जीप, बस र ट्याक्टर छ÷छ वटा, ट्रक तीनवटा तथा मोटरसाईकल १३ वटा रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमध्ये पुरुष १० जना, महिला छ जना र बालबालिका दुईजना रहेका छन् । भने गम्भिर घाइते हुनेमध्ये पुरुष ४२ जना, महिला ३० जना र बालबालिका १३ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार देवी पौडेलले जानकारी दिए ।
आर्थिक बर्ष ०७१÷७२ मा कुल ४० वटा सवारी दुर्घटना भए । दुर्घटनामा परि १७ मानिसको मृत्यु भयो भने ४९ जना गम्भिर घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप÷कार १६ वटा, ट्याक्टर १० वटा, मोटरसाईकल सातवटा, ट्रक चारवटा, बस एउटा तथा अन्य सवारी दुईवटा रहेका छन् । त्यस्तै ज्यान गुमाउनेमध्ये पुरुष ११ जना, बालबालिका पाचँजना तथा एकजना महिला रहेका छन् । गम्भिर घाइतेमध्ये २७ पुरुष, १५ महिला र सात बालबालिका रहेका छन् ।
सोहि आर्थिक बर्षमा ३९ जना सामान्य घाइते भएका छन् । जसमध्ये १६ पुरुष, ११ महिला तथा १२ बालबालिका रहेका छन् । आ.व. ०७२÷७३ मा जीप सातवटा, मोटरसाईकल ११ वटा, ट्याक्टर छ वटा तथा बस पाँचवटा गरी कुल २८ सवारी दुर्घटना भए । दुर्घटनामा परि १९ जनाले ज्यान गुमाए । ३७ जना गम्भिर घाइते भए भने १४ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । मृत्यु हुनेमध्ये १५ पुरुष तथा महिला र बालबालिका दुई÷दुईजना रहेका छन् ।
गम्भिर घाइते हुनेमध्ये २८ पुरुष, आठ महिला र एक बालबालिका रहेका छन् । भने सामान्य घाइते हुनेमध्ये पुरुष र महिला छ÷छ जना तथा बालबालिका दुईजना रहेका छन् । आ.व. ०७३÷७४ मा ट्रक र बस दुई÷दुईवटा, जीप र ट्याक्टर सात÷सातवटा तथा मोटरसाईकल तीनवटा दुर्घटना भए । दुर्घटनामा परि कुल ११ जनाको ज्यान गयो । २६ जना गम्भिर घाइते भए भने १६ जना सामान्य घाइते भए ।
आ.व. ०७४÷७५ मा एक डोजर, दुई बस, चार जीप तथा पाँच÷पाँच वटा ट्याक्टर र मोटरसाईकल गरी कुल १७ सवारी साधन दुर्घटनामा परे । दुर्घटनामा परि १४ पुरुष र पाचँ महिला गरी १९ जनाको मृत्यु भयो । त्यस्तै १७ पुरुष, छ महिला र पाचँ बालबालिका गरी कुल २८ जना गम्भिर घाइते भए । भने १७ पुरुष, चार बालबालिका र एक महिला गरी कुल २२ जना सामान्य घाइते भए ।
त्यस्तै आ.व. ०७५÷७६ मा दुर्घटना भएका २९ सवारीमा परि १९ जनाको ज्यान जानुका साथै ३३ जना गम्भिर र २५ जना सामान्य घाइते भए । दुर्घटनामा परेका सवारीमध्ये जीप÷कार १२ वटा छन् । त्यस्तै ट्याक्टर १०, मोटरसाईकल ६ तथा एउटा बस दुर्घटना भयो । ज्यान गुमाउनेमध्ये पुरुष ११ जना तथा महिला र बालबालिका चार÷चार जना रहेका छन् । गम्भिर घाइतेमध्ये १७ पुरुष, १० महिला तथा ६ जना बालबालिका रहेका छन् । भने सामान्य घाइतेमध्ये ११ पुरुष तथा महिला र बालबालिका सात÷सातजना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका हवल्दार पौड्यालले जानकारी दिए ।
ट्राफिकको अभियान, शून्य उपलब्धि
जिल्लामा बढ्दै गईरहेको सवारी दुर्घटना कम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न कार्यक्रमहरु गर्दै आएपनि उपलब्धी भने शुन्य देखिएको छ । प्रहरीले गत बर्षमा १९ पटकसम्म विद्यार्थीहरुलाई ट्राफिक जनचेतना कक्षा संचालन गरेको छ । जसबाट दुई हजार ४२३ विद्यार्थी सहभागी भएका छन् । त्यस्तै एकपटक संचालन गरिएको सुरक्षित चालक कक्षामा १४ चालक सहभागी भएका छन् ।
व्यवसायी, चालक तथा सह–चालकहरुलाई २४ पटकसम्म दिइएको कक्षामा कुल ९५६ जना लाभाम्बित भएका छन । त्यस्तै सर्वसाधारणलाई लक्षित ११ गरिएको कक्षामा एक हजार २३१ जना, अन्तरक्रिया कार्यक्रमबाट ६० जना, पर्चा पम्प्लेटबाट एक हजार ६२० जना लाभाम्बित भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रविन अाचार्यले जानकारी दिए।

Simraungadh Holi Notice
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.