bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

गुल्मी जिल्लाका बिभिन्न स्थानीय तहमा ३०९ शैयाको आइसुलेनसन वार्ड स्थापना

pokhariya Holi Notice

१५ चैत, गुल्मी – गुल्मी जिल्लामा बिभिन्न स्थानीय तहमा ३०९ शैयाको आइसुलेनसन वार्ड स्थापना गरिएको छ ।

बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन र बिरामीको उपचार गर्नको जिल्लाका १२ वटा स्थानीय तह मध्ये ११ स्थानीय तहले आइसुलेसन वार्डको स्थापना भएको हो । २ नगर १० गाउँपालिका रहेको गुल्मीमा ११ वटा स्थानीय तहले आइसुलेसन वार्डको स्थापन गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए । जिल्लाका स्थानीय तह मध्ये गुल्मीदरवार गाउँपालिकाले अझै सम्म आइसुलेसन वार्डको स्थापना नगरेको तथ्याङ्कमा उल्लेख छ ।
स्थानीयतहरु मध्ये रुरुक्षेत्र गाउँपालिकामा २५ शैयाको आइसुलेसन वार्डको स्थापन भएको हो । त्यस्तै छत्रकोट गाउँपालिकामा ५ शैया, रेसुङ्ग नगरपालिकामा १६ शैया, सत्यवती ८, कालिगण्डकी गाउँपालिकाको बिभिन्न वडाहरुमा १०६ आइसुलेसन वार्डको स्थापन भएको अधिकृत पाण्डेयले बताए ।

चन्द्रकोट गाउँपालिकामा १६ शैया, मुसिकोट नगरपालिकाको बिभिन्न वडाहरुमा ७६ शैया, इस्मा गउँपालिकामा १८ शैया, धुर्कोट गाउँपालिकामा ११ शैया, मालिका गाउँपालिकामा २४ शैया र मदाने गाउँपालिकामा ११ शैयाको आइसुलेसन वार्डको स्थापना भएको छ । विश्वब्यापि रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गरी पूर्व तयारीको रुपमा आइसुलेसन कक्षको स्थापना गरीएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरी आइसुलेसन कक्ष स्थापना गरिएको हो । कोरोना संंक्रमणमित बिरामीलाई अस्पतालमा आइसुलेसन कक्ष छुट्याएर छुट्टै उपचार गर्नुपर्ने भएकोले आइसुलेन कक्ष स्थापना गरेको गुल्मी अस्पतालका अस्पतालका मेडिकल सुपरिटेन्डन डक्टर उत्तम पच्याले बताए । स्थानीय तहले आबश्यकता हेरिकन आइसुलेसन वार्डको संख्या बढाउदै लैजाने भएका छन् ।

३१ जना क्वारेन्टाइनमा

जिल्लामा बिभिन्न स्थानबाट आएकालाई क्यारेन्टाइनमा राखिएको छ । बैदेशिकको रोजगारिका शिलसिलामा बिभिन्न देशबाट आएका ३१ जनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जिल्लामा इस्मा गाउँपालिकामा ११ जना ,मालिका गाउँपालिकामा १० जना र धुर्कोट गाउँपालिकामा १० जना गरि ३१ जनालाई बिहिवारबाट क्वारेन्टाइनमा राखिएको हो । कोरोना संक्रमण छ छैन् भन्ने जाँच्नको निम्ति भारत लगायत बिभिन्न देशबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिएको हो । जिल्लाका सबै स्थानीय तहले बाहिरबाट आउने नव आगन्तुको नामावली संकलन गरिरहेका छन् ।

सबै स्थानिय तहमा हेल्प डेक्स स्थापना

बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता स्वरुप गुल्मीका सबै स्थानिय तहमा हेल्प डेक्स स्थापना गरिएको छ । जिल्लाका २ नगर र १० गाउँपालिकाहरुमा कोरोेना भाइरस भित्रिन नदिन हेल्थ डेक्स संचालन आएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुलीले बताए । भाइरसको संक्रमण हुन नदिन पुर्वतयारीहरु भइरहेको पराजुलीले बताए । कोरोनाभाइरस बाट बचाउन पुर्व तयारीका लागी विपद् व्यावस्थापन कोषको स्थापना गर्न लागेको जिल्ला समन्य समिति प्रमुख पराजुलीले बताए ।
तर जिल्लामा बिवद कोषको स्थापना गरिएको छ्रैन् । पालिकाहरुले आफनो बिपद कोष रहेता पनि छुट्टै संयुक्त कोष भने स्थापन गरेका छ्रैनन् ।

कफ्र्यू आदेश जारी

बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा मंगलवारबाट निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले गत मंगलवार निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको थियो । निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिए अनुसार जिल्लामा अत्याबश्यक सेवाका सवारी बाहेक अन्य कुनैपनि सवारी साधान र नागरिकसमेत हिड डुल गरेका छ्रैनन् । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । निषेधाज्ञा अबधीमा अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

खाद्ययन्न संचित नगर्न व्यवसायीको आग्रह
अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफुल, दुध तथा औषधीको पसलबाट तोकिएको समयमा सामाग्री लिन सकिने भएकाले नागरिकलाई अनाबश्यक संचित नगर्न उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ । बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्यास, पेट्रोल, औषधीको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer