bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप

pokhariya Holi Notice

 

Simraungadh Holi Notice

गणेश कुमार शर्मा
सिरहा,असोज २४ गते । जनकनन्दिनी गाउँपालिकामा बजेटको दुरुपयोग ःस्थानीयको आरोप रहेको छ । जनकनन्दिनी गाउँपालिकाका वडा नं.१ मलहनियाँ गाउँमा बाहिर जानुपर्ने कामबाहेक अधिकांशले चप्पल लगाउँदैनन । बाहिरबाट आएकाहरू पनि चप्पल जुत्ता हातमै बोकेर गाउँ छिर्छन । यहाँका स्थानीय पनि बाहिर जाँदा हातमा बोकेर गाउँ कटेपछि चप्पल लगाउँछन । विकास बजेटको चरम दुरुपयोगले सडक वर्षामा धान रोप्ने खेत जस्तै हिलाम्मे हुने गर्छ ।
व्यवस्था परिवर्तन भएर मुलुकमा तीन तहको सरकार छ । तीनै तहको सरकारले सबभन्दा बढी सडकमा नै लगानी गरेका छन । तर समान्य झरी पर्दा त्यही सडकमा हिंड्नै नसक्ने अवस्था आएको छ । स्थानीय तह गठन पश्चात् जनप्रतिनिधिको रोजाइमा सडक नै परे ।
गत असारमै आएको भिषण बाढीले कमला नदिको तटबन्ध भत्काउँदा बगाएको बाटो अहिलेसम्म जिर्णोद्धार नहुँदा स्थानीयवासीहरु पीडित भएका छन् ।
वडा नं. १ मल्हनीया गाउँ र मुख्य सडकबाट जोडिएको उक्त सडकमा अहिले पनि हिलो र पानी जमेकै कारण सवारी आवागमन गर्न समेत कठिनाई भएको छ । यस बारे वडावासीहरुले वडाध्यक्ष धर्मेन्द्र गोईतलाई पटक पटक जानकारी गराएपनि कुनै प्रकारको चासो नलिएको गुनासो स्थानीय यूवा इन्द्रजित यादवले बताए । उनले भने, “हामीले पटक पटक सडकको जिर्णोद्धारको लागि वडाध्यक्षलाई भन्यौ, उनले खासै चासो लिएनन, हाम्रो वडामा शून्य विकास भन्दा पनि हुन्छ । वडाध्यक्षमा जीतेदेखि अहिलेसम्म एउटै विकास गरेको छ त्यो हो उनले आफ्नो घरको पछाडी सोलार लगाएको, बाँकी पुरै गाउँ त्यतिकै अँध्यारो छ ।” गाउँमा करिब २ वर्षअघि नै विजुली बत्ति भने बलिरहेको जनाइएको छ ।
जनकनन्दनी गाउँपालिका वडा नं. १ मालहनिया देखि फूलबरिया जाने मेन रोडको करिब २ किलोमटिरको बाटो अति जीर्ण भएपनि गाउँपालिकाको कुनै जनप्रतिनीधिले चासो नलिँदा हालात जरजर भएको बताइएको छ । पहिलेदेखि नै त्यो बाटोको अवस्था जीर्ण रहेपनि गत असारको बाढीले झन हिडनै नसकिने बनाएपछि पैदलयात्रीलाई पनि सास्ती भएको बताइएको छ । भारतीय सीमासँग जोडिएर रहेको मल्हनीयाँ धनुषाको दुर्गम गाउँमध्ये एक मानिन्छ । लाखौंको बजेट विनियोजन भएपनि आसेपासलाई उपभोक्ता समिति र कमिशनमा कुरा नमिलेपछि बाटो जौं को त्यौं रहेको आरोप लगाइएको छ ।
यता, दुर्गम क्षेत्र हेतु विजुली प्रयोजनको लागि आएको सोलार सिस्टम समेत उनले एउटै आफ्नो घर पछाडी मात्र लगाएको बताइएको छ । सोलार सिस्टम त्यस वडाको लागि वडाभरि सार्वजनिक स्थल र विजुली कटेको बेला सुरक्षा दृष्टिकोणले जडानको लागि पारित भएपनि वडाध्यक्ष गोईतले आफ्नो घरपछाडी मात्र जडान गरेको बताइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.