नाला निर्माण गर्ने क्रममा एक जनाको ज्यान गयाे
सन्दिप कुमार, कलैया, बारा ।
बारामा किचिएर एक जनाको ज्यान गएको छ। कलैया उपमहानगरपालिका वडा नं.२३ बैजनाथपुरमा शहरी बिकास योजनाको तर्फबाट निर्माण भैरहेको नाला निर्माणकार्यमा मिक्सचर मेसिन पल्टिदा च्यापेर एक जनाको ज्यान गएको छ ।
शहरी विकास मन्त्रालयको लागतमा निर्माणाधीन सडकको नाला निर्माण गर्ने क्रममा निर्माणमा प्रयोग भईरहेको मिक्चरले च्यापिएर सप्तरी जिल्लाको सुरङगा नगरपालिका बस्ने किसुन यादवको छोरा उमाकान्त यादवको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं. २३ बैजनाथपुरमा उमाकान्त यादव बस्दै आएका हुन् । मृतक सोही मिक्चर मेशिनका चालक चालक रहेको स्थानीयले जानकारी गराएका छन ।