bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

निषेधाज्ञा जारी भएकै रातमा एक युवक माथी निर्घात कुटपिट

pokhariya Holi Notice

कलैया, बारा ।

बाराको पचरौता नगरपालिका वडा नम्बर ५ निवासी एक एक युवकलाई गएराती निर्घात कुटपिट गरेका छन् । स्कुलको जग्गामा पर्खाल लगाउने विवाद चर्केपछि सो ठाँउमा दुवै पक्षबाट चर्काचर्की समेत हुदै आएको थियो ।

लामो समय देखि साबिक पकडिया चिकनी गाबिस वडा नम्बर ५ र हाल पचरौता नगरपालिका वडा नम्बर ६ स्थित श्री नेरा निमाबि पकडियाको नाम रहेको जग्गा किता नम्बर २ सय ५७ को पुर्वी र दक्षिणी कुनामा अन्दाजी ५ कठाको जग्गा मुस्लिम समुदायका ब्यक्तिहरुले एकलरुपमा चिहान(कब्रगाह) निर्माण गर्नलाई पर्खाल जोडने प्रक्रिया अगाडी बढाउने क्रममा हिन्दु र मुस्लिम समुदाय बिच विवाद सृजना भएपछि सो जग्गा जग्गामा पर्खाल निर्माण नगर्न नगराउनका लागि उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगंजबाट जेष्ठ २७ गतेका दिन स्थानिय भिखारी साह रौनियार लगायतका ब्यक्तिहरले निवेदन दिएपछि उच्च अदालतले सो जग्गामा पर्खाल निर्माण नगर्नका लागि स्टेअडर जारी गरेको छ ।

निषेधाज्ञा अर्डरमा असार ८ सम्म कुनै कच्ची वा पक्की कामकाज नगर्न आदेश भएको छ । साथै सुचना तामेल भएको मिति देखि १५ दिन भित्र लिखित जवाफ दिन बिपक्षीको नाममा समेत आदेश भएको छ । निषेधाज्ञा गाँउमा पुगेपछि मुस्लिम समुदायका ब्यक्तिहरु आक्रोसित भई गालीगलौज गरिनुको साथै पचरौता नगरपालिका वडा नम्बर ५ का २७ बर्षिय युवक सिवोध कुमार यादवलाई मंगलवार एक्लै आइरहेको मौका छोपी राती करिब ८ बजेको समयमा सोहि वडाका वडाअध्यक्ष मकबुल मिया, उनका छोरा सुगा अंसारी, स्थानियहरु नबि मिया, सेराजुल मिया ,आबिद मिया लगायतका ब्यक्तिहरुलाई निज यादवलाई निर्घात कुटपिट गर्दे देब्रे आखाको माथिलो भागमा घरेलु हतियार प्रहार गरि काटी घाईते बनाएको पिडितको आरोप रहेको छ।

कुटपिटवाट सिबोधको अवस्था गम्भिर भएपछि उपचारका लागि नारयणी उपक्षेत्रिय अस्पताल वीरगंजमा भर्ना गरि उपचार गराईरहेका छन् । घटनामा संलग्न रहेकाहरुलाई पक्राँउ गरि कार्यवाहि गर्न पिडित युवकका बुबा पुरन राय यादवले माँग गरेका छन् ।

यता वडा नम्बर ५ का वडाअध्यक्ष लक्षमी यादवले कानुनी राज्यमा कानुनको पलना गर्नुको सटा आफनो हातमा कानुनलाई लिएर ब्यक्तिलाई ज्यानै जानेगरी निर्घात कुटपिट गर्नु निकै निन्दनिय रहेको भन्दै घटनालाई छानबिन गरि दोषी माथि कडा कार्यवाहि गर्न माँग गरे ।

यता उत्पन विवादलाई साम्य पार्नका लागि हिन्दु, मुस्लिम समुदायका ब्यक्तिहरु लाई विवाद मिलाउन बिभिन्न ब्यक्तिहरुले सहजीकरण गर्दे आएको र महौल पनि शान्त भईसकेको फेरि मंगलवार राती एकाएक कसरी एक युवकमा प्रहार गरियो त्यो चिन्ताको बिषय बनेका छ स्थानिय सचितानन्द साहले भने ।

सम्प्रदायिक दंगा नभडकाउन सबैलाई आग्रह समेत गर्दै आफनो आफनो ठाँउबाट पलह गर्ने सुझाव समेत ब्यक्ति उनले गरेका छन् । यस बिषयमा वडा नम्बर ६ का वडाअध्यक्ष मकबुल मियासंग बुझदा राती ८ बजेको समयमा मेरो घर अगाडी केहि झुण्ड आएको थियो ।

जहा सम्म सिवोधको कुटपिटको कुरा छ, कसले उनलाई कुटपिट गरेको हो हामीलाई थाह नभएको उनले दावी गरे । बिधालयका प्रधनाध्याप्क रामबाबु सहनीले यो गाँउले समस्या भएको हुदा आफु कर्मचारी भएकोले यस बिषयमा केहि भन्न नमिल्ने बताउदै पंछिएका छन् ।

प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पंडितले आफुले पर्खाल निर्माण गर्न भनेको बताउदै घटना स्थलमा पुगी अनुगमन समेत गरि सम्प्रदायिक गतिविधी नगर्न दुवैपक्षलाई सुझाएको प्रतिक्रिया दिएका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer