bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

नेपालमा आज फेरि कोरोनाको संक्रमित एकजना थपिए, अब ५ पुग्यो 

pokhariya Holi Notice

कलैया, बारा।

कोरोना भाइरस विश्वमा नै एउटा ठुलो महामारीको रुप लिएको छ। विश्वको तथ्यांक हेर्ने हो भने आजको तथ्यांक अनुसार ६ लाख १७ हजार ६३ जना संक्रमित मध्ये १ लाख ३७ हजार ३ सय ३६ जना निको भएका छन । भने २८ हजार ३ सय ७६ जनाको मृत्यु भएको छ।

हालमा ४ लाख ५१ हजार ३ सय ५१ जाना संक्रमित मध्ये ४ लाख २७ हजार ३ सय ५४ जनाको अवस्था मध्यम रहेको छ । भने २३ हजार ९ सय ९७ जनाको अवस्था चिन्ताजनक रहेको वर्ल्डो मिटरले जनाएको छ।

वर्ल्डोमिटरको अनुसार आजको अवस्थामा कोरोनाको केन्द्र बिन्दु स्पेन बनेको छ। स्पेनमा आज ६ हजार ५ सय २९ जना नया संक्रमित भेटिएको छ । भने ७२ हजार २ सय ४८ जम्मा संक्रमित मध्ये आज ५ सय ५२ जनाको मृत्यु भएको छ। र त्यहाको जम्मा मृत्यु संख्या ५ हजार ६ सय ९० रहेकोे छ। तथा निको भएको संख्या १२ हजार २ सय ८५ जना रहेको छ।

Simraungadh Holi Notice

त्यस्तै इरानमा आज एक सय उनन्चालिस जनाको मृत्यु भएको छ। भने ३ हजार ७६ जना नया संक्रमित भेटिएको छ। इरानमा जम्मा संक्रमित संख्या ३५ हजार ४ सय ८ जना रहेको छ। जस मध्ये निको भएको संख्या ११ हजार  ६ सय ७९ जना रहेको छ।

त्यस्तै बेल्जियममा पनि आज ६४ जनाको मृत्यु भएको छ। भने १ हजार ८ सय ५० जना नया संक्रमित भेटिएको छ। बेल्जियममा जम्मा संक्रमित संख्या ९ हजार १ सय ३४ रहेको छ। भने जम्मा मृत्युको संख्या ३ सय ५३ जना भएका छन। र हाल सम्म्म १ हजार ६३ जना निको भएका छन ।

त्यस्तै नेदरल्यान्डमा आज अचानक ९ हजार ७ सय ६२ जना संक्रमित मध्ये ९३ जनाको ज्यान गएको छ। नेदरल्यान्डमा आज नया संक्रमित १ हजार १ सय ५९ जना भेटिएका छन। नेदरल्यान्डमा जम्मा मृत्यु संख्या ६ सय ३९ जना रहेको छ।

त्यही क्रममा नेपालमा पनि आज फेरि एक जना नया कोरोनाको संक्रमित थपिएको छ। हाल सम्म नेपालमा संक्रमितको संख्या जम्मा ५ रहेको छ। जस मध्ये एक जना निको भएको हो भने चार जना अहिले उपचाररत रहेका छन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.