bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

न्यायको लागि भौतारिदै पिडित परिवार

pokhariya Holi Notice

कलैया, बारा।

बाराको सिम्रौनगढ नगरपालिकाका एकजना परिवारले न्यायका लागि भौतारि रहेका छन । म र मेरा पत्नी सहीत घरका सबैजना लाई मरनासन हुने गरि कुटाई गरेकोमा म उपचार पछि निको भएको तर पत्नीको उपचार १० दिन देखि अझ सम्म बीरगंज स्थित नेशनल मेडिकल कलेजमा भईरहेकोे आखा भरी आशु चुहाउदै जाकिर अंसारीले दुखेसो सुनाएका छन् । यो घटना गत श्रावन १ गते सांझकोे हो ।

सिम्रौनगढ नगरपालिका वार्डा नम्बर ५ स्थित कोल्ड स्टोर देखि सलिम मियाको घर सम्मको सडक ढलान योजनाको काम हुदा स्थानियले स्टीमेट अनुसारको काम गराउन अषाढ ३१ गते कामभई रहेको ठाउमा निगरानी गरेको थियो त्यहा कमसल समान नलगाउन दिदा आधी कामगरी उपभोगता समितिले काम स्थागित गरेको थियो ।

बिहान सोही वाडाका स्थानिय रमतुल्लाह अंसारी लगायत केही ब्यक्ति जिल्ला प्रशासन कार्यालयमा सडक ढलानको गुण स्तर चेकजाच गरि पाउभनी निवेदन दर्ता गराएकोमा त्यही दिन जिल्ला प्रशासन कार्यलयबाट नगरपालिको नाममा सत्य तथ्य बुझन इस्टिमेट अनुसारको काम भए नएको तथा भुक्तानी भए नभएको जानकरी पठाउन परिपत्र प्रशासन कार्यालयले पठाएको थियो ।

सोही बिषयलाइ इसु बनाई उपभोग्ता समितिका अध्यक्ष समेत रहेका अनवर अंसारी लगायतका समुहमा रहेकोहरुले लाठी , भाठा र घरेलु हथियार खुखुरी हाथमा लिई जाकिर असारीको घर नजिक पुगी तथानाम गाली गर्न थालेपछि अनवर अंसारी र जाकिर अंसारीको परिवार बीच भडप भएको थियो, वाकिर मियाको एकल परिवार र अनवर अंसारीसंग उपभोक्ता समिति लगायत समितिको सहयोगीहरु समेतले जाकिर मियाको परिवारलाई कुटपिट गरेको छ ।

कुटपिट बाट जाकीर की पत्नी कलामुन नेशाको टाउको फुटी अचेत अवस्था भयो जाकिरको जिवभरी निलडाम देखियो घटनाको खबर पाए लगतै सिम्रौनगढ इप्रका बाट प्रहरीको टोली घटना स्थलमा पुग्दा सबै जना भागमभाग भयो ।

उक्त संघातिक हमलामा परि घाइतेहरुले मुद्धा दर्ता गराउन खोज्दा सिम्रौनगढका ईलाका प्रहरी कार्यालयले आटटाल गर्दै जादा जिल्ला प्रहरी कार्यालले पनि १० दिन देखि आट टाल गर्दै आउदा पिडित माथि अझै पिडा थपिएको छ ।

आफुहरुलाई न्याय दिलाउन मानव अधिकार कर्मी र सञ्चारकर्मी गुहारदै र भौतारिदै छु जाकिर मियाले भने यता प्रहरी उपरिक्षक कृष्ण पङ्गेनीले पिडितले दिएको निवेदन अनुसारको मुद्धा दर्ता नगरि अभद्र ब्यवहार भएको मुद्धा दर्ता हुने शुक्रवार बताएका थिए । प्रहरी उपरिक्षक पङ्गेनी संग आज सोध्दा छिनोफानो भइ सकेको छ, कार्यवाही प्रक्रिया अगाडि बढाइदै छ भने प्रतिक्रिया दिए।

प्रहरीकार्यलयको श्रोत अनुसार नेताहरुको दबाव पहलमा बिपक्षीहरुकै तर्फबाट अभद्र ब्यवहार मुद्धा दर्ता भइसकेको र सोको दर्ता नम्बर १० रहेको छ । त्यही भएर अर्को पक्षको पनि साही अनुसारको मुद्धा दर्ता गरी गोलमाल गर्ने त्यारीमा उपरिक्षक पङ्गेनी रहेको जनाईएको छ ।

जिल्ला प्रमुख रुद्र प्रसाद पन्डित संग बुझ्दा प्रहरी अनुसन्धान गर्दै छ, अनुसन्धानको क्रममा अलि ढिलो हुन्छ भन्ने प्रतिक्रिया दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले गर्नुपर्ने कार्य जनताले गरि रहदा पनि अख्तियारको आँखा पुग्न नसकेको कि के भएको भन्ने बारेमा जनताले औल्याउन थालेका छन। अख्तियारले हरेक पालिकामा पुगएकै छन् तर जनताले गुनासो गरेको ठाउँमा पुग्न नसकेकोले अख्तियार माथी जनताले संका गर्न थालेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाका प्रमुख बाबुराम अधिकारी संग यस बारेमा बुझ्न् खोज्दा हाम्रो केन्द्रिय प्रवक्ताले यश बारेमा बताउनु हुन्छ भन्ने प्रतिक्रिया दिएका हुन।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer