bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पर्साबासीमा सुरक्षीत तथा सभ्य र भव्य तरिकाले होली मनाउन सांसद यादवको आग्रह

pokhariya Holi Notice

वीरगंज ।  संघिय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष एवम सांसद प्रदिप यादवले रंगहरुको पावन पर्वको रुपमा रहेको होली पर्वलाई सुरक्षीत तथा सभ्य र भव्य तरिकाले होली मनाउन पर्साबासीलाई आग्रह गर्नु भएको छ । सामुदायीक प्रहरी सेवा केन्द्र कुम्हाल टोल र वडा समिती कार्यालय वाड नम्बर ५ द्वारा आयोजीत होली पर्व तथा फागु पुर्णिमाको पावन अवसरमा सम्पुर्ण वडा तथा नगरबासीहरुमा शुख शान्ती र समृद्धीको साथ साथै होली पर्वमा सुरक्षीत तथा मर्यादीत तरिकाले मनाउनको लागी आग्रह गर्नु भएको छ । निकालीएको जन चेतना मुलक रयाली पछि आयोजीत सभालाई सम्बोधन गर्दै सांसद यादवले रंगहरुको पर्वको रुपमा रहेको होलीको शुभ अवसरमा पर्सा बासीलाई शुभकामना दिदै होली पावन पर्व रहेकोले एकता र मेलमिलाप भएको हुनाले होलीलाई सभ्य बनाउनका लागी मर्यादीत तरिकाले होली पर्व मनाउन आग्रह गर्नु भयो ।

होली पर्वलाई सभ्य र भव्य तरिकाले मनाउन रंग र अविर बाहेक सडकमा रहेका फोहोरहरुलाई जिउमा फाल्ने र लोला हान्ने कार्य नगर्न तथा मदिरा सेवन गरेर सवारी नचलाउन आम नगरबासीमा हार्दिक आग्रह समेत गर्नु भयो । वडा नम्बर ५ का वडा अध्यक्ष प्रदिप चौरसीयाको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निशान्त थापा,समाजसेवी रमेश चौधरी लगाएत विभिन्न संघ संस्था तथा स्थानीहरुको बाक्लो उपस्थीती रहेको थियो ।

Simraungadh Holi Notice

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.