bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पर्सा जिल्लामा एकपछि अर्को द्वैध नागरिकहरु धमाधम फेला पर्दै, प्रशासन मौन

pokhariya Holi Notice

वीरगन्ज (पर्सा), १ पुस ।
पर्सा जिल्लाको सिर्सिया गा.वि.स. वडा नं. ३ हाल वीरगन्ज महानगरपालिका वडा नं. २५ सिर्सिया खलवाटोला बस्ने रामबाबु गिरी नेपाल भारत दुबै देशको नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । गिरीले २०४५ साल जेष्ठ २ गते वंशजको आधारमा नेपाल सरकारबाट नागरिक्ता प्राप्त गरेका छन् भने झुठो विवरण पेश गरि भारत सरकारबाट पनि भारतीय नागरिक्ता प्राप्त गरेका छन् ।
भारतको विहार राज्य मोतिहारी स्थित ससुराली रहेका गिरीले झुठो विवरणको आधारमा रक्सौलका मेयरसँगको मिलोमतोमा भारतीय नागरिक्ता हात पार्न सफल भएका छन् । उनको भारतीय मतदान केन्द्रमा नामावली समेत रहेको छ । भारतीय मतदाता सूचनाको आधारमा गिरीको विवरण यस प्रकार रहेको छ ः ठेगाना राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल ( १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५८२२, बुवाको नाम हरिशंकर गिरी, भाग संख्या २८, मतदाता क्रमांक ११७७ रहेको छ । उनी नेपालका नागरिक भएपनि दुबै देशका नागरिक्ता बोकी नेपालमा आर्जन गरेको अकुत सम्पत्तिलाई भारतमा लगेर जम्मा गर्ने गरेको बताइएको छ ।

Simraungadh Holi Notice

यसैगरि उनले आफुले मात्रै द्वध नागरिक्ता बोकेका छैनन्, आफ्नी श्रीमती रचना गिरीलाई पनि दुई देशका नागरिक्ता बनाउन सफल भएका छन् । ससुराली भारतको विहार राज्य स्थित मोतिहारी रहेकोमा विवाह पश्चात श्रीमतीलाई अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्न सफल भएका छन् । नेपालको काननु अनुसार पनि भारतीय केटीसँग विवाह गर्दा भारतको नागरिक्ता त्यागी अँगिकृतको आधारमा नेपाली नागरिक्ता प्राप्त गर्ने प्रावधान छ । त्यही प्रावधान अनुसार श्रीमतीलाई नेपाली नागरिक्ता दिलाउन सफल भएका त छन्, तर भारतीय नागरिक्ता भने त्यागेका छैनन् ।


दुबै श्रीमान् श्रीमती नेपाल र भारतको दुबै देशका नागरिक्ता बोकी नेपाल र भारतमा व्यापार तथा अकुत सम्पत्ति थुपार्ने काम गर्दै आएका छन् । गिरीले आफ्नी श्रीमतीलाई २०६६ साल चैत १२ गते अँगिकृतको आधारमा नेपाली नागरिक्ता दिलाएका छन् तर भारतको नागरिक्ता भने त्यागेका छैनन् । भारतीय मतदान केन्द्रको सूचिमा अहिले उनकी श्रीमती रचना गिरीको नामावली रहेको छे । भारतीय मतदान सूचना केन्द्रका आधारमा विवरण यस प्रकार रहेको छ ः राज्य विहार, विधानसभा निर्वाचन क्षेत्र रक्सौल ( १०, संसदीय निर्वाचन क्षेत्र पश्चिम चम्पारण, पहचान पत्र क्रमांक जेड.बि.एच. १२०५७९८, पतिको नाम रामबाबु गिरी, भाग संख्या २८, मतदाता क्रमांक १२१२ रहेको छ ।
यसरी श्रीमान् श्रीमतीद्वय नेपाली र भारतीय दुबै नागरिक्ताको भरपुर फाइदा उठाई रहेका छन् । नेपाल सरकारले केही दिन यतादेखि द्वैध नागरिकलाई कारवाही प्रक्रिया अगाडि बढाई रहेकोमा यि श्रीमान् श्रीमतीद्वय दुबै देशको नागरिक्ता बोकी दुबै देशको फाइदा उठाई रहेका छन् । जिल्ला प्रशासन कार्यालयले कारवाही प्रक्रिया अगाडि बढाई रहेको अवस्थामा द्वैध नागरिकहरु धमाधम पक्राउ परि रहेकोमा यि दुबैजना राजनीतिक दलको आडमा जोगिदै आएका छन् । यस्ता द्वैध नागरिकलाई कारवाहीको दायरामा ल्याउनु आवश्यक छ । नत्र भोलिका दिनमा नेपालमै बसेर नेपाल सरकारलाई लुट्नेहरु उम्कने हो भने भित्र भित्र नेपाल खुकुलो हुँदै जानेछ । यस घटनाबारे केही दिनमा जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी समेत पर्ने बताइएको छ ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.