bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

पालनपोषण  बचत तथा त्रण सहकारी  संस्था  लिमिटेडको आठौं  बार्षिक साधारण सभा समपन्न

pokhariya Holi Notice
पालनपोषण  बचत तथा त्रण सहकारी  संस्था  लिमिटेडको आठौं  बार्षिक साधारण सभा समपन्न
अनिल पाण्डेय
कलैया बारा

  बाराको महागढीमाई नगरपालिका २ स्थित रहेको  पालनपोषण  बचत तथा त्रण सहकारी  संस्था  लिमिटेडको आठौं  बार्षिक साधारण सभा आज  समपन्न भएको छ ।  महागढीमाई नगर प्रमुख  उपेन्द्र  प्रसाद यादवले  मैनबती बालेर  बार्षिक साधारण सभाको  उदघाटन गर्नु भएको थियो ।

Simraungadh Holi Notice
 पालनपोषण  बचत तथा त्रण सहकारी संस्थाको आठौं  बार्षिक साधारण सभालाई समबोधन गर्दै नगर प्रमुख  यादवले सहकारीको प्रमुख  उदेश्य  दलित बिपन युवा महिलाको जिवनस्तर उकास्नु  हो । विभिन्न  उदेश्य  बोकेको सहकारी संस्थालाई एउटै धारमा  ल्याएर  सहकारीको नीति नियम अनुसार  सहकारीले आफ्नो उदेश्य  पूरा गर्नु पर्नेमा जोड दिनु भयो ।  महागढीमाई नगरपालिका अन्तर्गत  झण्डै  ९० वटा  सम्म सहकारी संस्था  रहेकोले सबैलाई एउटै धारमा हिडनु पर्ने बताए । सहकारीको  क्षेत्र बिकासको लागि सहकारी कर्मिहरुको लागि  क्षमता   अभिबृधी र तालिमको ब्यवस्थापन  गर्न नगरपालिकाले रकम बिनियोजन गर्ने बताउनु भयो ।  
पालनपोषण  बचत तथा त्रण सहकारी  संस्था लिमिटेडको अध्यक्ष  बृजकिशोर साह लहेराको अध्यक्षतामा भएको आठौ साधारण सभामा  संस्थाको संचालक समितिको  तर्फ बाट मुक्ती साह कानुले आब ०७६/०७७ को बार्षिक प्रतिबेदन  प्रस्तुत  गर्नु भएको थियो । आ ब ०७६/०७७ मा संस्थाले ३ करोड  ४५ लाख  १० हजार ७ सयको शेयर पुजि संकलन गरि २३ करोड  २० लाख ७९ हजार २ सय ४० रुपैयाँको  आय  ब्यय  त्यसैगरी   १० करोड  ४४ लाख्ब ३१ हजार  ९ सय ४० रुपैयाको वासलत प्रस्तुत  गरिएको थियो ।  कोरोना कोभिड १९ को वावजुद पनि  पालनपोषण  बचत तथा त्रण सहकारी संस्थाले  आ ब ०७६/०७७ मा १ करोड  ९६ लाख ९० हजार ६ सय ९० रुपैया  आम्दानी  गर्न सफल भएको   जानकारी  गराईएको थियो । त्यसैगरी  संस्थाको आ ब ०७६/०७७ मा  विभिन्न  शिर्षकमा गरि ९५ लाख ७३ हजार ९ सय्ब५३ रुपैया  जम्मा  खर्च भएको बिवरण  प्रस्तुत गरिएको  थियो ।  आ ब ०७६/०७७ मा  संस्थाले गरेको प्रतिबद्धताहरु तथा लिइएको लक्ष्यहरु  कोरोना कोभिड १९ को महामारीले  असर पारेको जनाउदै संस्थाले आउने दिनमा डेरि उधोग  संचालन ,कन्यादान बचत , उच्च शिक्षा बचत जस्ता दुरगामी र महत्वाकांक्षी  योजनालाई प्राथमिकता दिएको संस्थाको अध्यक्ष  बृजकिशोर साहले बताउनु भयो ।
 पालनपोषण  बचत तथा त्रण सहकारी संस्थाको कार्य बिस्तार  महागढीमाई नपा , पचरौरा नपा ,  देवताल गापा , करैयामाई  गापा , बारागढी गापा , आदर्श कोतवाल लगायत सिमरौनगढ नगरपालिका  सम्म  आफ्नो कार्य क्षेत्र बिस्तार  गरेको छन ।संस्थाको आठौ  बार्षिक  साधारण सभामा  संस्थाको कोषाध्यक्ष  रन्जित कुश्वाहा  सद्स्य गौरिशकर कुशवाहा  ,राजकुमार  कुशवाहा लगायतको सहभागीता रहेको थियो । संस्थाको आठौ  बार्ढिक साधारण  सभामा  स्वागत मन्तव्य  बारा जिला बचत त्स्था त्रण सहकारी संस्थाको उपाध्यक्ष  गिता देबि कुशवाहाले  र संचालन  सुरेन्द्र  कुशवाहाले गर्नु भएको थियो ।
प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.