उषा सरदार,बिराटनगर
प्याब्सन जिल्ला कार्य समिती मोरङले १५ औ साधारणसभाको अवसर पारेर आफ्नो निजी तथा आवासीय नवनिर्मित प्याब्सन भवनको उद्धाटन गरेको छ ।
प्याब्सन मोरङले मंगलबार विराटनगरमा आयोजित १५ औं साधारणसभाका बिच भवनको उद्धाटन सम्पन्न गरेको हो । विराटनगर महानगरपालिका वडा नं. ३ मा २ कठ्ठा ५ धुर जग्गामा १ करोड १४ लाख ८३ हजार ५ सय ८३ रुँपैयाको लागतमा नवनिर्मित २ तले भवनको उद्धाटन भवन निमार्ण मुल समितिका संयोजक तथा प्याब्सनका केन्द्रिय अध्यक्ष टीकाराम पुरीले गर्नुभएको छ । उक्त कार्यक्रममा प्याब्सन मोरङ्गको भवन निमार्णमा सहयोग पुर्याउने २४ वटा पुस्तक प्रकाशन गृह तथा १ सय २४ वटा सदस्य विद्यालयहरुका साथै मोरङ्गमा विगत लामो समयदेखि अध्यापन गराउँदै आईरहेका १२ जना शिक्षक शिक्षिकाहरुलाई समेत सम्मान गरिएको छ । भवन निमार्णको लागी पुस्तक प्रकाशन गृहबाट कुल ७८ लाख ५९ हजार ६ सय ६६ रुँपैया र सदस्य विद्यालयहरुबाट ४२ लाख १६ हजार ६ सय ९१ रुँपैया गरी कुल १ करोड २० लाख ७६ हजार ३ सय ५७ रुँपैया सहयोग रकम संकलन भएको छ।
प्याब्सन मोरङ्गले विभिन्न सामाजिक संगठन, जनसमुदाय, शिक्षाप्रेमी र सबै सरोकारवालाहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्दै अगाडि बढिरहेको संस्थागत विद्यालयहरुको छाता संगठन हो । यस संस्थाले आफ्ना सदस्य विद्यालयहरुको हितका लागि बेलाबखतमा संशोधन गरिएका निति, नियम र ऐनका बिषयमा सरकारसँग संवाद तथा न्यायोचित निर्णयहरुको माग गर्दै आईरहेको छ ।
Sign in
Sign in
Recover your password.
A password will be e-mailed to you.