bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य हुन्न : कोइराला

pokhariya Holi Notice

विराटनगर ,उषा सरदार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना लोकतन्त्रमा मान्य नहुने बताएकी छन् । विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरु संग बोल्दै उनले यस्तो बताएकी हुन् । प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रको नेतृत्व र आबाज बुलन्द गर्ने प्रेस माथी कुनै पनि किसिमका अंकुश लाउन नहुने बताइन् । जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको कोइराको भनाइ थियो । उनले संविधान कार्यान्वयनका दिशामा देश अगाडी बढिरहेका बेला सानो सोच र मानसिकताबाट अगाडी बढ्दा प्राप्त उपलब्धी गुम्ने खतरालाई ध्यान दिन पनि सरकार र नेतृत्वलाई आग्रह गरिन ।

स –साना कुरामा अल्झिएर भन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुन आबश्यक रहेको बताइन् । केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयतालाई नियन्त्रण गर्ने प्रपन्चबाट अगाडी बढे त्यो सफल नहुने जीकिर गरिन् । कतिपय घटनाले‘संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ,, कोइरालाले भनिन् त्यसो भए त्यो सवैभन्दा दुर्भाग्य हुन्छ । उनले सहमति ,सहकार्यको बाटोमा हिड्न र जनताको भावना अनुरुपका काम गर्न सरकार लाग्नुपर्नेमा जोड दिइन् ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer