bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

बारा प्रहरी प्रमुख मन्त्रिको सोर्समा हत्या लाइ एक्सिडेन्टल मुदा बनाउने कसरतमा

pokhariya Holi Notice

बारा //   बारा प्रहरी प्रमुख मन्त्रिको सोर्समा हत्या लाइ एक्सिडेन्टल मुदा बनाउने कसरतमा लागेको पिडित बबिता साहको भनाइ रहेको छ ! साह बारा जिलाको बारा गढी गाउपलिका वाडा न. ५ सिंहासनी टोलका मृतक गोबिन्द साह तेलीका श्रीमती हुन् ! २६ वर्षीय साहको ६ बर्षिय सागर साह र १३ महिने कान्छो छोरा रहेको छ ! 

फतुवा विजयपुर नगरपालिका मेवा बाट बाराको बारा गढी गाउपालिका वाडा न. ५ टोकरी टोल बस्ने जोतिक साहको घरमा यहि जेष्ट ९ गते आएको जन्ती स्वागतमा जादा जन्ती संग कुट पिट हुदा दुवै पक्षलाइ छुटाएको निहु लिएर पुरानो रिसिवी ( दुश्मनी ) ले कुटपिट गरि हत्या गरि एस एस इंगलिस बोर्डिंग स्कुल देखि पुर्व तामागढ़ी सिम्रौन गढ सडक खण्ड मा फाली दिएकोमा सोको बिहान पल्ट करिब ५ बजेको समयमा स्थानीयले हो हल्ला गर्दा हामीलाई थाहा भएको बताए !

ततपश्चात सास चली रहेको देख्दा खोपवा र बारागढ़ी प्रहरी चौकीका प्रहरी सल्लाह अनुसार एम्बुलेन्समा राखी बिरगंज हेल्थ केयर अस्पतालमा उपचार गराउदा गम्भीर चोट लागेकोले भरतपुर स्थित पुरानो मेडिकल कालेजमा उपचारको क्रममा १० गते राति सवा ९ बजे मृत्यु भएको हो ! मृत्यु उपरान्त भोलि पल्ट पोष्टमार्डम गरि अन्तेष्टिका लागि सब बुझी घर ल्याएर अन्तेष्टि गरेको बताए  !  

पिडित साह जिल्ला प्रहरी कार्यालय बारामा .कसुर गर्ने व्यक्तिको नाममा किटानी जाहेरी दिन जादा सोहि टोल बासि कामेश्वर चौधरी, सोमराज चौधरी, मनेजर चौधरी, नगिना साह तेली र राजिंद्र साह तेली लगायतको नाममा मुदा दर्ता गर्न प्रहरी प्रमुख पुर्व मन्त्रि उमाकान्त चौधरीको दवावमा मुदा दर्ता गर्न नमानेको बताए ! पुर्व मन्त्रि चौधरीका पार्टी र जाति भएकोले संरक्षण गरि रहेको पिडितको भनाइ रहेको छ !

पिडित अनुसार बराति (जन्ती )मा आएको बसको ड्राइवर लाइ जबरजस्ती यातना दिएर मेरो गाडी बाट ठकर लागेको वयान दिन लगाई निर्दोस् लाइ फसाई दोषी आफ्नो जाति र पार्टी कार्यकर्ता लाइ बचाउन कसरतमा लागे बताए ! जिल्ला प्रहरी प्रवक्ता रंजित सिंह राठौर संग बुझदा त्यस्तो केहि कुरा नभएको र हामि आफै अनुसान्धान गरि न्याय दिलाउने बताए !

मन्त्रीको सोर्सका कारण पीडितले न्याय  आफ्नो न्याय नपाउने भएकोले बाराको भारत चौक मा स्थित देवकी लाल धर्मशालामा पत्रकार सम्मेलन गरि गुनासो पोखेका हुन् !

 

 

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer