नई दिल्ली,Aijc
कोरोना संक्रमति बढेपछि भारत सरकारले मंगलबार रातिबाट सम्पूर्ण भारतमा लकडाउन घोषणा गरेको छ । मंगलबार साझ जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेबाट देशभर लकडाउन गरिएको बताए । लक डाउन २१ दिन सम्म चल्नेछ ।
लकडाउन कर्फ्यू जस्तै हुने मोदीले बताएका छन् । उनले लकडाउन अवधीभर जनतालाई घरबाट ननिस्किन पनि अपिल गरेका छन् ।२१ दिन सम्हालिन नसके कैयौ परिवार तवाह हुने बताउँदै मोदीले २१ दिन सबै थोक बिर्सिएर घरमै बस्न अनुरोध गरे ।