bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

भाषा अध्ययनको लागि अभिमुखिकरण

pokhariya Holi Notice

 

विराटनगर । भाषाको अध्ययन अनुसन्धान तथा अभिलेखनका लागि विराटनगरमा एक दिन अभिमुखिकरण तथा समिक्षा गोष्ठी सम्पन्न भएको छ ।
सो गोष्ठीमा २७ जना सहभागी रहेकोमा दुई जना महिलाको मात्र उपस्थिति रहेको थियो । सो गोष्ठीमा राजवंशी, उराउ, सन्थाली, साम्पा, कुलुङ्ग, लाप्चा, शेर्पा, लोहखङ, बाम्बुले, वज्जिका, मोर, चामलिङ्ग, जेरुङ्ग, माक्खा, वेल्दारे, मगही, लगाइत दुई दर्जन भाषा–भाषीहरुको सहभागीता रहेको थियो ।


गोष्ठीमा भाषा शास्त्री डा. बलराम प्रसाई, अनुसन्धान विद प्रा. डा. केलाश कुमार राई र भाषा आयोगका शाखा अधिकृत मनो कुमार पौडेलले सहजीकरण गरेका थिए । प्रदेश नं. १ का मोरंग, झापा, सुनसरी, इलाम जिल्लाहरुको सहभागीता रहेको थियो ।
नेपालमा बोलिने भाषाहरु कुन–कुन छन्, स्थानीय भाषामा कुन भाषा बढी प्रचलनमा रहेको छ, भाषा प्रतिको जनचासो कस्तो छ, भाषाले मानवमा पार्नै क्षति र यसको विकासले जीवनमा हुने फाईदाका वारेमा बृहत छलफल भएको थियो ।
भाषा आयोग शंङ्खमुल काठमाण्डौको आयोजनामा भएको गोष्ठीले भाषा अनुसन्धान, अध्ययन र अभिलेखिकरणको लागि कोषेढुङ्ग सावित हुने भाषा आयोगका शाखा अधिकृकत पौडेले वताए ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer