बजारमा मास्क अभाब भइरहेको बेला मास्कको कालोबजारी गर्ने राजेश अग्रवालको श्री सर्जी इम्पेक्स
विराटनगर–९ घोगापुल छेउबाट गोदाम मा छापामारीमा ठूलो परिणाममा मास्क बरामद भएको छ ।
विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीको नेतृत्वमा औषधि व्यवस्थापन विभाग र जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरीको टोलीले विराटनगर ९ घोघापुल चोकमा रहेको श्री सर्जी इम्पेक्सबाट आइतबार मास्क बरामद गरेको हो । राजेश अग्रवालको औषधि थोक बिक्री पसलबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको हो । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महासाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
औषधी व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तु सरह लिइएको छ । तर, कतिपय औषधी विक्रेताहरुले भने प्रकोपको बेला कालोबजारी गर्दै आएका छन् ।