bs-ll-a" dir="ltr">
विश्व सुचना नेटवर्क प्रा. लि. (दर्ता नं ८८२ / ०७५ – ०७६)
kalaiya Holi Notice
Pheta Holi Notice
Karaiya Mai Holi Notice

मेयरले पहिले अनियमितता गरे पछि भ्रम फैलाएको : वाड अध्यक्ष कुर्मी

pokhariya Holi Notice

विरगंज, पर्सा ।

वीरगन्ज महानगरपालिकाले आफै खरिद गरेर यस वडामा राहत बितरणका लागि वडामा पठाएको चामल गुणस्तरहीन फेला परेपछि हामीले त्यसलाई स्विकार गर्न बितरण गर्न हामी नमानेपछि महानगरपालिकाका प्रमुख बिजय सरावगी र उनका आसेपासे तथा केही बाहिरिया र बिचौलियाले अनेक परपञ्च गरेको वीरगन्ज १४ नम्बर वडाका अध्यक्ष भरत कुर्मीले बताएका छन् ।

महानगरपालिकाले पठाएको राहतमा ३ वटा गम्भीर गडबडि फेला परेपछि हामीले त्यसलाई वडाबासी माझ बितरण गर्न मानेनौं । महानगरपालिकाले पठाएका चामललाई वजन गर्दा पठाइएको भनिएको भन्दा कम वजन निस्किएको थियो । बोरा खोलेर त्यसलाई पोका बनाउन लागेको बेला चामल कुहिएर डल्लो परेको फेला परेको थियो । त्यसपछि थप बोरा खोलेर हेर्दा त्यसतै भेंटिएपछि हामीले बोराहरुमा लेखिएको मिति नियालेका थियौं ।

त्यसमा उत्पादनको तिथी मिति उल्लेख थिएन,’ कुर्मीले भने, ‘यसरी अनेकौं गडबडि भएको हामीले तत्कालै महानगरका प्रमुख विजय रसावगीलाई जानकारी गरायौं । उनले बढि बिग्रीएको चामल हटाएर अलिअलि बिग्रीएको बितरण गरिदिन आग्रह गरे । र, यो कुरा कसैलाई नभन्न भनेर प्रलोभन पनि दिए । तर मँ मेरो जनतालाई बिग्रेको चामल बाड्दिन भनेर बताएपछि मेरो बिरुद्ध मेयरले षडयन्त्र सुरु गरेका हुन ।’

अहिले आएर मैले माफी माँगे भनेर उनले गलत प्रचार गरेको र यो सरारस झुठ हो अनि आफ्नो मान मर्दनको अर्को प्रयास हो भनी उनले प्रष्ट पारे । ‘यस कुप्रचारको लागि मँ घोर भर्तसना गर्दछुँ । बरु मेयरले मलाई फकाउन प्रयास गरेका छन् । र, मिलेर जाऔं भन्दै माफी माँगेका छन् । मैले जनतासंग गद्दारी गर्दैन भनेर प्रतिक्रिया गरेको छुँ,’ भरतले सो अवसरमा भने, ‘उल्टै मेरो बिरुद्धमा नै छानबिन गर्ने भनेर प्रचार गरे । जनताबाट निर्वाचित प्रतिनिधि रहेकोमा उनले कर्मचारीलाई छानबिनको लागि भनेर पठाई मेरो मान मर्दन गर्न खोजे ।

जनस्तरबाट प्रतिबाद भएपछि उनको योजना तुहियो ।’ कुहिएको चामल खरिद प्रकरणको स्वतन्त्र छानबिनको लागि माँग समेत उनल गरेका छन् । यस वडाको मात्र नभएर समग्र महानगरपालिकाकै लागि खरिद गरिएको रहत सामग्रीमा छानबिन हुनु पर्ने उनको भनाई छ । साँथै यस सम्बन्धी समाचार लेख्नेहरुले पत्रकारिताको धर्म अनुरुप आफ्नो भनाई पनि राख्नुपर्नेमा त्यसो नगरेकोले दुख लागेको उनले बताए ।

पत्रकारिता निकै सम्मानजनक क्षेत्र भएकोले कसैको प्रभावमा परेर कसैको मानमर्दन गर्ने काम हुनु हुदैन भनेर उनले आग्रह समेत गरे । सो अवसरमा उनी निर्वाचित साबिक समाजवादी पार्टीका नगर अध्यक्ष इश्वरचन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रसौनी गापा सामाजिक संदेश ०७८
Baragadhi Holi Notice
Devatal Holi Notice

Leave A Reply

Your email address will not be published.

Created with Visual Composer